२०८२ साउन १० गते शनिवार, २६ जुलाई २०२५। श्रावण शुक्लपक्ष द्वितीया तिथि। अश्लेषा नक्षत्र, १७ः२७ बजेपछि मघा। चन्द्रराशि कर्कट, १७ः२७ बजेपछि सिंह। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ। आफ्नाले समयमा सहयोग नगर्दा अवसर फुत्किएला। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा दिएको वचनले समेत आफैंलाई अप्ठ्यारो पार्नेछ। वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। मिथुन – Gemini का, कि, कु, घ, ङ, छ, के, को, ह आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। बलजफ्ती गर्ने बानीले आफैंलाई अप्ठ्यारोमा पार्न सक्छ। ईर्ष्या गर्नेहरूबाट सजग रहनुपर्ला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। कर्कट – Cancer हि, हु, हे, हो, डा, डि, डु, डे, डो इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सानो प्रयत्नले काम बन्नेछ। बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। काम बन्नाले साँझतिर मनग्य धनलाभ हुने देखिन्छ। सिंह – Leo मा, मि, मु, मे, मो, टा, टि, टु, टे अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ। खर्च अभावले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। साँझतिर आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। कन्या – Virgo टो, प, पि, पु, ष, ण, ठ, पे, पो आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। भौतिक साधनहरू प्राप्त हुनेछन्। साँझतिर खर्च बढ्नेछ र काममा बाधा पुग्नेछ। केही सञ्चित रकम पनि बाहिरिन सक्छ। परिस्थितिजन्य समस्याले दु:ख पाइनेछ। तुला – Libra र, रि, रु, रे, रो, ता, ति, तु, ते प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। सामाजिक कामकाे दायित्व हातलागी हुनेछ। साँझतिर श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। वृश्चिक – Scorpio तो, ना, नि, नु, ने, नो, या, यि, यु सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अरूका काममा समय खर्चनुपर्ला। तापनि आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। समस्या दर्साएर पनि काम बनाउन सकिनेछ। मिहिनेतले बिस्तारै फाइदा दिलाउनेछ। साँझतिर नयाँ काम गर्ने अवसर जुट्नेछ। पेसा–व्यवसायमा लाभ हुनेछ। धनु – Sagittarius ये, यो, भ, भि, भु, ध, फा, ढ, भे व्याहारिक समस्याले याेजना रोकिन सक्छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। काम राेकिने र बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। शरीरमा कमजोरी अनुभूति हुनेछ। अप्ठ्यारो स्थितिमा धैर्यले काम लिने चेष्टा गर्नुहोला। साँझतिर स्थितिमा सुधार आउनेछ। शुभचिन्तकहरूको सहयाेग जुट्नेछ। मकर – Capricorn भो, ज, जि, खि, खु, खे, खो, गा, गि लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला। सामान्य कामलाई सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ। आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ। परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। कामलाई निरन्तरता दिन सकिनेछ। कुम्भ – Aquarius गु, गे, गो, सा, सि, सु, से, सो, द शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। मीन – Pisces दि, दु, थ, झ, ञ, दे, दो, च, चि आफ्ना सूचना बाहिरिनाले समस्या आउला। कामप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान्। पेटको खराबीले कमजोर भइनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। उपलब्धिविहीन काममा समय बित्नेछ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।