Rashtriya Dainik

६४९औँ सन्त शिरोमणि गुरु रविदास जन्म जयन्ती सखुवा प्रसौनीमा भव्य रूपमा सम्पन्न

राजन कुमार बानियाँ/पर्सा, ८ माघ

६४९औँ सन्त शिरोमणि गुरु रविदास जन्म जयन्ती सखुवा प्रसौनी गाउँपालिका वडा नं. २, प्रसौनीमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. ३ (१) का प्रदेश सभा सांसद प्रत्यासी तथा सखुवा प्रसौनी गाउँपालिकाका युवा नेता शिवकुमार साह तेलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता बन्सी दासले गर्नुभएको थियो।
जयन्ती कार्यक्रममा वक्ताहरूले सन्त गुरु रविदासजीका अमूल्य उपदेश—समानता, प्रेम, भाइचारा र सत्यको मार्ग—आजको समाजका लागि अत्यन्तै सान्दर्भिक रहेको बताएका थिए। गुरु रविदासजीको दिव्य शिक्षाले समाजमा एकता, सद्भाव र आत्मज्ञानको प्रकाश फैलाउने विश्वास व्यक्त गरिएको थियो।


कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट महतोको उपस्थिति रहेको थियो। साथै लालबाबु राम, हरिलाल राम, सिकन्दर सहनी, रामप्रसाद दास, सटाही दास, बिरबहादुर राम, अमरदीप महरालगायत स्थानीय समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमले सामाजिक सद्भाव, समावेशिता र मानवीय मूल्य प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित