२०६० साल भदौ १२ गतेको रात पछि आजसम्म “बोनसको लाईफ” बाचीरहेको छु – पुर्व मन्त्री कंडेल

राष्ट्रिय दैनिक , नवलपरासी , १२ भाद्र

२०६० साल भदौ १२ गतेको त्यो रात अझै पनि मेरो मन र मस्तीष्कमा गुन्जीरहन्छ । अहिले पनि हरेक बर्षको भदौ १२ गतेको रात संगै त्यो घटना मेरो लागि जीवन र मरण संग केन्द्रित थियो । त्यसैले स्मरण नहुनुको विकल्प छैन् ।
२०६० साल भन्दा अघि लगातार दुई पटक सम्म गृह राज्य मन्त्रीको भुमीमा हुनुहुन्थ्यो कण्डेल ।

अझ बढी द्धन्द्ध कालकै बेलामा गृह राज्य मन्त्रीको भुमीका निर्वाह गरेकै कारणले कण्डेलमाथी गोली प्रहार भएको थियो ।
शाही सरकारले निर्वाचित सरकारलाइ “कु“गरि राज्य संचालन हातमा लिए पश्चात् २०६० साल भाद्र १२ गते राती कुसुन्ती(ललितपुर नजिक ) आफ्नै निवास बाहिर कण्डेल माथी १७ राउन्ड गोली प्रहार भएको थियो ।

राजनैतिक पुर्वाग्रहका कारण तत्कालिन बिद्रोही समूह (तत्कालीन माओबादी) को आक्रमणमा परि १७ राउण्ड गोली लाग्दा पनि बाच्न सफल कण्डेल त्यसपछिको सबै जिवन आफ्नो बोनस लाईफको रुपमा लिनुहुन्छ ।

यति धैरे गोली लाग्दा पनि ( हाल सम्म छातिमा एक गोली समेत रहेको अवस्था) मृत्यु सँग संघर्ष गरेको त्यो दिन पछिको सबै वाकी दिन जीवन बोनसको लाईफ जस्तै छ ।
नयाँ जीवन प्राप्त गरेको त्यो दिन “बोनस लाइफ“ को शुरूवात भएको दिन, कहिल्यै बिर्सन सक्दिन बाचुन्जेल देश र जनताको सेवा गर्ने निर्वाचनमा मैले प्रतिबद्धता जनाए अनुसार राज्यबाट पाएको सबै सेवा सुबिधा बापतको रकमलाई संकलन गरेर त्यसमा थप गरि सबै रकम सामाजीक कार्यमा खर्च गर्ने । शिक्षा , स्वास्थ्य , धार्मिक विकास , सडक तथा भैतिक पुर्वाधार विकास गर्ने कार्यमा सबै रकम सहयोग गर्दै आएको कण्डेलले बताउनुभयो ।

नेपाली कांग्रेसको राजनिती यात्रामा निकै चर्चीत नाम हो , देबेन्द्रराज कण्डेल उर्फ मुन्ना बाबु । पारिवारिक पृष्ठभुमीकै प्रभावका कारण निकै कम उमेरमा राजनितीक यात्रा सुरु गर्नुभएका कण्डेल हरेक समय कुनै न कुनै अवस्थाका कारण चर्चामा रहनुभयो ।

कुशल वक्ता र सबै माझँ लोकप्रिय मानिने कण्डेलको राजनितिक पृष्ठभुमी निकै लामो छ । कण्डेल आफ्नो फरक र पृथक बिचारकै कारण राष्ट्रिय र अन्तराष्ट्रिय संचार माध्यम सामु चर्चीत रहने गर्नुभएको छ । बिद्यार्थी जिवनबाट राजनिती यात्रा सुरु गर्नुभएका कण्डेल यतिबेला सबै जसो राष्ट्रिय र अन्तराष्ट्रिय मिडियाकालागी उहांले प्रस्तुत गर्ने अभिब्यक्तीनै उच्च प्राथमिकता दिईएको पाईन्छ ।

२०३६ सालबाट काङ्ग्रेसको सक्रिय राजनिती सुरु गर्नुभएका कण्डेल साविक नवलपरासी जिल्लाको बडहरादुबैलिया गाविससको दुई पटक सम्म लगातार प्रधानपन्चमा निर्वाचित हुनुभयो । भने २०५१ र २०५६ पनि सांसदमा निर्वार्चीत हुनुभयो । कण्डेल भन्दा पहिला २०१५ सालमा कण्डेलका बाबु स्व. पृथ्बी राज कण्डेल पनि सांसदमा निर्वाचित हुनुभयो । बुबा पृथ्बी राज सांसदमा निर्वाचित भएपनि यस क्षेत्रका जनताको लागी सडक बाटो घाटो , बिजुली , शिक्षा स्वास्थ्य लगायतमा क्षेत्रमा राम्रो काम गर्नुभयो ।

अझं २०१५ सालमा कण्डेलकी हजुरआमा स्व. राधादेवी कण्डेल बिपी काेईरालाको टिकट बितरण गर्ने संसदीय दलको एक मात्र महिला सदस्यको रुपमा रहनुभएको थियो ।

अझ रोचक प्रंशङ्ग राणाशासन अवस्थामा कण्डेलकी हजुर आमा राधा कुमारीले नेपालमा बिद्यालय संचालन गर्न नपाएपछि नेपालीलाई नै शिक्षा दिने उदेश्यले छिमेकी मुलक भारतको ठुठीबारीमा गएर राधा कुमारी बिद्यालय समेत संचालन गर्नुभयो । जुन बिद्यालय अहिले पनि राधा कुमारी ईन्टर कलेजको नाममा सुरक्षीत छ । जुन कलेजको नेतृत्व छोरा पृथ्बी राज कण्डेल हुदै अहीले नाती देबेन्द्रले नै समालीराखेको अवस्था छ ।

२०३६ सालबाट कांग्रेसको यात्रा सुरु गरेका कण्डेलले पार्टीमा महासमिती सदस्य , जिल्ला सभापति हुदै बर्तमान पार्टीको केन्द्रिय सदस्यकाे भुमिकामा हुनुहुन्छ ।

पार्टी सभापति शेर बहादुर देउवाको निकै बिस्वासीलापात्र मानीने कण्डेल यस अगाबै कांग्रेसमा युवा पंक्ती माझ निकै चर्चित नेता मानिने नेता स्व. खुम बहादुर खड्का निकट मानिने भएपनि यतिबेला कण्डेल र कांग्रेसका अर्को जुझारु नेता शंकर भण्डारीले खड्काका प्रतिनिधी पात्रको रुपमा देउवालाई पुर्ण सघाउ गरेको पाईन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!