बीरगन्ज, १२ चैत – तराई हस्पिटलको लापरवाहीले बिरामीको ज्यान गएपछि आफन्तजनले प्रदर्शन गरेका छन । बीरगन्जस्थित तराई अस्पतालको गैरजिम्मेवारीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउदंै बिहीबार आक्रोशित आफन्तजनले प्रदर्शन गरेका हुन् । बिहीबार दिउँसो रामगढवा ना ३ ख ३९९२ नम्बरको ट्रकले ना ४३ प ५८३४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा हरपतगन्ज निवासी मोटरसाईकल चालक २५ वर्षिय आसिफ प्रसाद यादव र पछाडि सवार रहेका शयामबिहारी यादब गम्भीर घाईते भएका थिए । गम्भीर घाईते भएका यादवलाई थप उपचारका लागि बीरगन्ज पठाइएको थियो । उपचारका लागि अस्पताल भर्ना गरिएका यादवलाई सर्जरीपछि एक्सरे गर्नुपर्ने भन्दै अस्पतालका कर्मचारीहरुले पैसा जम्मा गर्न परिवारजनलाई दबाब दिएको मृतकका भाई सरोज यादवले बताए । “मसँग अहिले पैसा छैन, दिउँसो ४ बजेसम्म पैसा जम्मा गरिदिन्छु, उपचार गर्दै गर्नुस्” मृतकका भाई सरोजले भने,“अस्पतालका कर्मचारीले त्यस्तो हुँदैन भने र एक्सरे रुममा भाईलाई छोडदिए ।” मृतकका भाईका अनुसार पैसा जम्मा नगरेका कारण सबै स्वास्थ्यकर्मीहरुले घाईते भाईलाई एक्सरे रुममा एक्लै छोडिदिएका थिए । एक्सरे रुममा छोडेको केही बेरमै हेर्न जाँदा भाईको मृत्यु भईसकेको उनले जानकारी गराए । यता, अस्पतालका डा दिपेश पटेलले सवारी दुर्घटनाबाट विरामीको अवस्था नाजुक भएको र उनको खुट्टा नराम्ररी घस्रिएर रक्तश्राव हुँदा चिकित्सकले प्रयास गर्दागर्दै मृत्यु भएको बताए। उनले चिकित्सकहरुले मृत घोषणा गरेपछि परिवारजनले गाउँले र आफन्तजन बोलाएर सुरक्षाकर्मीकै अगाडि तोडफोड गरी क्षति पुर्याएको आरोप लगाए। उनले भने, ‘दुर्घटनामा गम्भीर घाइते थिए, खुट्टा पुरै ताछिएको अवस्थामा ल्याइएको थियो। बढी रगत बगेकोले यादवको मृत्यु भएको हो, यसमा डाक्टरको दोष छैन। तर, परिवारजनले आक्रोशमा आएर चिकित्सक र अस्पतालमाथि गरेको प्रयास दुःखदायी छ।’ पैसा नदिएको कारण उपचारमा ढिलाई गर्दा बिरामीको मृत्यु भएको उनका आफन्तजनहरुको आरोप छ । डा दिपेश पटेलले हाम्रो टोलीले राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।