फर्साटिकर, माघ १८ रुपन्देहीको शुद्धोदन गाउँपालिका–३ रमवापुर स्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा माघ १६ गतेदेखि संचालनमा आएको श्रीमद्भागवत धनधान्यान्चल ज्ञान विज्ञान महायज्ञमा भक्तजनको आकर्षण बढ्दै गएको छ। महायज्ञमा योगदान गर्नेहरूमा शुद्धोदन–५ भुजौली निवासी अम्बिका ढकालले रू 1,05,555, र शुद्धोदन–४ केवलपुर निवासी क्याप्टेन कृष्णबहादुर महत क्षेत्रीले आफ्ना स्वर्गीय पिता खिमबहादुर महत क्षेत्रीको सम्झनामा रू 1,05,555 दान दिएका छन्। सचिवालयको जानकारी अनुसार महायज्ञको तेस्रो दिन आइतबारसम्म जम्मा १६ लाख ४८ हजार रुपैयाँ संकलन भएको छ। क्याम्पस प्रशासनले जनाएको छ कि, महायज्ञ BBA, BITM, BCA, PGD लगायत प्राविधिक कार्यक्रमहरू संचालनको लागि आयोजना गरिएको हो। यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस २०५९ सालमा स्थापित भएको हो। सुरुमा स्नातक तहका BA, B.Ed, BBS सञ्चालन भएको यो क्याम्पसले २०६९ सालमा अर्को सफल महायज्ञको माध्यमबाट स्नातकोत्तर तह MBS सम्मको शिक्षा प्रदान गर्दै आएको छ। क्याम्पसले अन्तर्राष्ट्रिय गुणस्तर प्रत्याययन प्रमाणपत्र (QAA) समेत प्राप्त गरेको छ। महायज्ञ माघ १६ देखि २३ गतेसम्म सञ्चालन हुनेछ। यस क्रममा प्रमुख वाचक सुप्रसिद्ध कथावाचक गुरु श्री चैतन्य कृष्ण महाराजका दैनिक सुमधुर, संगीतमय र लिलामय अलौकिक प्रवचन हुने जानकारी पनि दिइएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।