राजन कुमार बानिया /पर्सा, १८ माघ पर्सा निर्वाचन क्षेत्र नं.–४ अन्तर्गत पर्ने धोबीनी गाउँपालिका क्षेत्रमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) द्वारा आयोजना गरिएको घरदैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। युवाहरू तथा स्थानीय जनसमुदायको उल्लेखनीय सहभागितामा सम्पन्न उक्त कार्यक्रममा क्षेत्रीयस्तरमा सकारात्मक राजनीतिक सन्देश प्रवाह भएको छ। घरदैलो अभियानका क्रममा जसपा नेपाल पर्सा–४ तर्फका प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार डा. कृपासिन्धु प्रसाद चौधरीले “अबको परिवर्तन युवाको नेतृत्व” भन्ने चुनावी नारासहित पार्टीका नेता–कार्यकर्तासँगै स्थानीय बस्ती–बस्ती पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुभएको थियो। कार्यक्रममा युवाहरूको उत्साहजनक सहभागिता देखिएको थियो। सहभागीहरूले यसलाई परिवर्तन र नयाँ राजनीतिक संस्कृतिप्रति बढ्दो जनचासोको संकेतका रूपमा लिएका छन्। घरदैलो कार्यक्रममा जसपा नेपालका प्रतिनिधिहरूले सुशासन, पारदर्शिता, रोजगारी सिर्जना र युवामैत्री नीति पार्टीको मुख्य एजेन्डा रहेको उल्लेख गर्दै स्थानीय समस्याको पहिचान गरी समाधानका लागि संसददेखि सडकसम्म आवाज उठाइने प्रतिबद्धता व्यक्त गरेका थिए। जसपा नेपालले आगामी दिनहरूमा पर्सा क्षेत्र–४ का अन्य वडाहरूमा समेत घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। घरदैलो कार्यक्रममा धोबीनी गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान, वडा अध्यक्ष देवेन्द्र प्रसाद कुर्मी, दिपक सराफलगायत पार्टीका नेता–कार्यकर्ता तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।