उमेश बि.क / नवलपरासी , ५ जेठ पश्चिम नवलपरासीको सिमामा गाेल्लि चल्दा घाइते युवाकाे उपचारकाे क्रममा मृत्यु भएको छ। सशस्त्र प्रहरीले चलाएकाे गाेलीबाट प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवा बस्ने २२ वर्षीय युवक अविनाश राजभरलाई खुट्टामा गोली लाग्दा गम्भिर घाइते भएका थिए । घाइते युवक अविनाश राजभरकाे शहिद स्मृती सामुदायीक अस्पताल चौपतामा उपचार पठाइएको थियो । सो अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवलस्थित सिटी असिपतालमा रिफर गरिएको थियो । सिटी अल्पतालका चिकित्सकहरुले राजभरलाई जॉच्ने क्रममा मृत घोषणा गरेका हुन् । त्यस्तै वर्ष ३० काे बिनाेद राजभर सशस्त्र प्रहरीकाे लाैराेकाे प्रहारले घाइते भएकाे स्थानीय पत्रकार सन्जय कुशवाहाले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे। प्रतापपुर गाँउपालिका वडा नं. ६ कङ्गलीखोलाको कठहवा नाका खेतकाे बाटाे हुदै भारत तर्फ जान खोज्दा सिमामा खटिएका सशस्त्र प्रहरीटोलीले रोक्न खोज्दा विबाद सिर्जना भएपछी स्थानियहरु जम्मा भई प्रहरीसंग केही समय झडप भएपछि सशस्त्र प्रहरीले ५ राउण्ड गोली प्रहार गरेको स्थानिय बताउँछन् । पछि गाँउका ५०/६० जना मानिस एकै पटक आएपछि प्रहरीले स्थीतिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको शसस्त्र प्रहरी बल २६ नम्बर गणका प्रहरी उपरिक्षक महेस अधिकारीले जानकारी दिनुभयो । स्थानियले प्रहरी माथी ढुंगा मुडा गरेपछि बाध्य भएर गोली चलाउनु परेको शसस्त्र प्रहरीले जनाएको छ । घटनामा शसस्त्र प्रहरी तर्फ पनि दुई जना घाईते भएका छन् । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थीतिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको बताउनुभयो । घटना पछि सो स्थानको स्थीति तनावपूर्ण बनेको थियो । कोरोना महामारीको समय भएकाले सिमाबाट आउजाउ गर्न कडाई गरिएको प्रशासनको भनाई छ । स्थानियले भने प्रहरीले ज्यादती गरेको गुनासो गरेका छन् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।