नेपाल ढकाल समाज छैठौँ साधारणसभा : एकता र विकासतर्फ नयाँ कदम

तनहुँ ,१३ पौष

नेपाल ढकाल समाज प्रतिष्ठानको छैठौ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । देवघाट गाउँपालिका वडा नं. ५,देवघाट,तनहुँमा सम्पन्न अधिवेशनबाट पुनः टिकाराम शर्मा ढकालको अध्यक्षतामा नया कार्यसमिति निर्वाचीत भएको छ।

पौष १० ,११ र १२ गते गरी तिन दिन सम्म देवघाटको महेश सन्यास आश्रमको सभाहलमा भएको अधिवेशनले टिकाराम शर्मा ढकालको अध्यक्षतामा १ सय ११ सदस्य नेपाल ढकाल समाज प्रतिष्ठानको केन्द्रिय समिति सर्वसम्मत रुपमा चयन गरेको थियो ।

जस्को वरिष्ठ उपाध्यक्षमा दामोदर ढकाल, उपाध्यक्षमा खोमराज ढकाल र महिला उपाध्यक्षमा सीता शर्मा ढकाल चयन हुनु भएको छ । त्यसैगरी महासचिवमा अर्जुन प्रसाद ढकाल, सचिवमा तारापती ढकाल र शारदा ढकाल चयन हुनु भएको छ भने कोषाध्यक्षमा विष्णुहरि ढकाल चयन हुनु भएको निर्वतमान केन्द्रिय सचिवालय सदस्य तथा प्रमुख निर्वाचन अधिकृत हरिनाथ ढकालले जानकारी गराउनु भएको छ ।

लुम्बिनी प्रदेशबाट केन्द्रिय समितिमा उपाध्यक्षमा खोमराज ढकाल, (रुपन्देही) सचिवमा शारदा ढकाल (पाल्पा) सहित केन्द्रिय सदस्य नन्दी केशर ढकाल (रुपन्देही )परशुराम ढकाल (रुपन्देही ),राजेन्द्र ढकाल (रुपन्देही ), कुस्माकर ढकाल ( पश्चिम नवलपरासी ) लगाएत चयनहुनु भएको छ ।

नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रिय अध्यक्ष टिकाराम शर्मा ढकालको अध्यक्षता र सर्बोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले विभिन्न स्थानमा बसोबास गर्दै आएका सम्पूर्ण ढकाललाई एकजुट बनाउन नेपाल ढकाल समाज प्रतिष्ठानले महत्वपूर्ण योग्दान पुर्याको बताउनु भएको थियो । देशका सम्पूर्ण ढकाल बन्धुहरुलाई एउटै मालामा जोडेर बन्धुत्वको भावना विकास गर्ने पवित्रकार्यमा आफुले पनि आफ्नो क्षेत्रबाट गर्न सक्ने सहयोग गर्न आफु कटिबद्ध रहेको जानकारी गराउनु भएको थियो ।

नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रिय सचिव अर्जुन प्रसाद ढकालको सञ्चालन रहेको कार्यक्रममा महेश सन्यास आश्रम ,देवघाट धामका पिठाधिश श्री एक हजार आठ (१,००८) स्वामि रमणनन्द गिरी श्री महाराज,रामपुर कृषि क्याम्पसका पूर्व उप–कुलपति प्रध्यापक डाक्टर आइ.पि. ढकाल ,ढकाल वंश महासंघका अध्यक्ष डा. श्यामप्रसाद ढकाल लगाएतले बोल्दै ढकाल समुदायको एकता, सहकार्य र भविष्यका दिशानिर्देशनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको धारणा राख्नु भएको थियो ।

६९ जिल्लाका ढकाल अगुवाहरुको सहभागिता रहको उक्त वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनमा बोल्दै केन्द्रिय अध्यक्ष टिकाराम शर्मा ढकालले देशभर रहेका उपमन्यू गोत्रिय सबै ढकालबन्धुहरुलाई एकतामा संग्रहित गर्दै कुल र वंशका वारेमा एकिकृत गर्नु पर्ने धारणा ब्यक्त गर्नु भएको थियो ।

देघाटमा भएको नेपाल ढकाल समाज प्रतिष्ठानको छैठौ वार्षिक साधारणसभाले महासचिव दामोदर ढकालले प्रस्तुत गर्नु भएको ६ पन्नाको प्रतिवेदन सर्वसम्वत रुपमा पारित गरेको छ । जस्मा प्रतिष्ठानले गरेका वार्षिक गतिविधिहरु देखि प्रतिष्ठानका सबै तहको निर्वाचन गर्ने ब्यवस्थाका लागि नियमावली र सञ्चालन कार्य बिधि सम्शोधनको प्रस्ताव समेत पारीत गरेको नव निर्वाचीत उपाध्यक्ष खोमराज ढकालले जानकारी गराउनु भएको छ ।
त्यसैगरी सोहि सभाले कोषाध्यक्ष कुलबहादुर ढकालले प्रस्तुत गर्नु भएको २५ लाख ७७ हजार २ सय २३ रुपैया आम्दानी र २० लाख १९ हजार ९ सय ९३ रुपैया खर्च भएको बार्षिक आर्थिक प्रतिवेदन सर्बसम्वत रुपमा पारीत गरेको छ । जस्मा ४ करोड ७५ लाख बरावरको आगामि बर्षको अनुमानित बजेट समेत प्रस्तुत गरीएको थियो । कोषाध्यक्ष कुलबहादुर ढकालले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन अनुसार नेपाल ढकाल समाज प्रतिष्ठानले पौष १२ गते सम्म जम्मा ९ लाख ९० हजार ऋण तिर्न बाँकी रहेको देखन्छि ।

नेपाल ढकाल समाज प्रतिष्ठानले ढकाल समाज प्रतिष्ठानको केन्द्रीय स्तरको कुल मन्दिर, अनुसन्धान केन्द्र र ढकाल आश्रम बनाउनको लागि देवघाट–५ सेती भतेरीमा ६ रोपनी, २ आना, २ पैसा र २ दान क्षेत्रफलको जमिन खरिद गरी आफ्नो वृहत्त आयोजना अघि बढाउदै देवघाटमा नै आफ्ना केन्द्रिय कार्यक्रमहरुलाई केन्द्रिकृत गरेर अघि बढेको छ ।

ऋृषि तपोभूमी प्रशिद्ध धार्मिक स्थल देवघाट धाम क्षेत्रमा कुलदेवता को मन्दिर , खोज अनुसन्धान र अध्यायन केन्द्र तथा ढकाल आश्रम निर्माण गर्ने हेतुले २०७९ कार्तिक ३० गते पन्द्र लाख रुपैया जग्गाको करारनामा (बैना) गरेर १ करोड ८० लाख मुल्यमा खरीद गरीएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot