फागुन २९ गते प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पर्सा जिल्ला क्षेत्र नम्बर ३ मा पहिलो नम्बरमा नेपाली काग्रेसका उम्मेदवार सुरेन्द्र चौधरी र एमाले उम्मेदवार रुपेश पाण्डे चौथो नम्बरमा रहेका छन्। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ मा नेपाली काग्रेसका उम्मेदवार चौधरी पहिलो स्थानमा रहेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार छोटेलाल यादव दोस्रो स्थानमा र तेस्रो स्थानमा रावस्पाका उम्मेदवार रामाकन्त चौरसिया र चौथोमा नेकपा एमालेका उम्मेदवार रुपेस पाण्डे रहेका छन्। नेपाल काग्रेसका उम्मेदवार चौधरी २०७४ सालको निर्वाचन हरिनारायण रौनियार संग पराजित भएका थिए। त्यसैगरी २०७९ सालको निर्वाचनमा एमालेका उम्मेदवार राज कुमार गुप्ता संग झिनो मतले चौधरी पराजित भएका थिए। पर्सा जिल्ला क्षेत्र नम्बर ३ मा पुर्व मन्त्री, सासंद गरि एक दर्जन भन्दा बढी उम्मेदवारी परेको छ। नेपाली काग्रेसबाट सुरेन्द्र चौधरी,नेकपा एमालेका रुपेश पाण्डे ,जसपा नेपालबाट नागेन्द्र यादव नेपाली कम्युनिस्ट पार्टी( पुर्व माओवादी )का छोटेलाल यादव,राष्ट्रिय स्वतन्त्रबाट रामाकान्त चौरसिया प्रतिस्पर्धीका रूपमा देखिएका छन्। .कांग्रेस : संगठनमा जनतामा पकड बलियो रहेको छ नेपाली कांग्रेसका उम्मेद्वार सुरेन्द्र चौधरी एस क्षेत्रको लागि नयाँ नाम होईनन्। चौधरी यसअघि पनि पाँच पटक यही क्षेत्रको प्रतिनिधित्व गर्दै संसदमा पुगेका उनी अनुभवी नेताका साथ साथ दुई पटक मन्त्री बनी सकेका नेता हुन्।उनी अहिले ८ औ पटक चुनावी मैदानमा उत्रिएका हुन्।चौधरी पाँच पटक सासंद र दुई पटक मन्त्री बनेका छन्। क्षेत्र नम्बर ३ नेपाली काग्रेसको रहेपनि चौधरीको हाई -प्रोफाइल छविका कारण व्यक्तिगत रूपमा उनको जनतामा पकड बलियो देखिएको छ। दुई पटक मन्त्री र पाँच पटक सासंद भई सो क्षेत्रको बिकासमा ठुलो योगदान रहेकोले चौधरीको जित निश्चित हुने सम्भावना बढी देखिएको छ। नेकपा एमाले : संगठन कमजोर , नयाँ अनुहार तर संगठन भित्र नै आलोचित;जनतामा पकड कमजोर र आलोचित बढी नेकपा एमालेका उम्मेदवार रुपेश पाण्डे यश क्षेत्रको लागि नयाँ अनुहारको रुपमा रहेका छन्। व्यापारी पुष्टभूमी रहेका पाण्डे एमालेको टिकटबाट उम्मेदवार बनेका हुन्। मतदातामा पकड कमजोर रहेपनि पार्टी संगठन भित्र पकड बलियो रहेको पार्टीका नेता कार्यकर्ताको भनाई छ। पाण्डेको बसाइँ नेपालको राजधानी काठमाडौ रहेकोले उनी जनतामा कम चिरपरिचित अनुहारको रुपमा रहेका छन्।पाण्डे पहिलो पटक एमालेबाट चुनाव लडेका व्यक्ति हुन उनि नयाँ अनुहार लिएर पहिलो पटक मात्र देखा परेकोले उनको मतदातामा आलोचना बढि हुने गरेको छ। उनी नेकपा एमाले पार्टीमा कहिले नाम नसुनेको र एक्कासी एमाले पार्टीले टिकेट दिएर चुनावमा लडाएको भन्दै केही एमालेका कार्यकर्ता र शुभचिन्तकहरु रुष्ट बनेका छन्।पाण्डे नयाँ अनुहार भएकोले मतदाताहरुको रुची घट्दै गएको छ। उनको समर्थकहरुको समाजिक संजालमा पाण्डेका विरोधमा कमेन्ट गरेपछि उनको समर्थनले जथाभावी कमेन्ट गरेपछि ३ नम्वर क्षेत्रका मतदाताले पाण्डे बिरोधका कारण पनि पर्सा ३ को मतदाता रुष्ट बनेका छन्।उहाँलाई पनि फाल्गुन २१ गतेको निर्वाचनमा विजय हासिल गर्न त्यति सजिलो देखिएको छैन । नेकपा : राजनीतिक अनुभवी , युवामा बलियो पकड र मतदातामा लोकप्रिय उम्मेदवार नेपाली कम्युनीष्ट पार्टीको तर्फबाट यस क्षेत्रका उम्मेदवार छोटेलाल यादव रहेका छन्। यादव एक पटक सासंद र दुईपटक प्रदेश सभा गरि तीन पटक चुनाव लडि चौथो पटक उम्मेदवार रुपमा उत्रेका छन् । उनी तत्कालिन माओवादी बाट राजनीतिक यात्रा शुरु गरेका हुन । यादब शिक्षक पेसा छोडि राजनितीकमा सक्रिय रहदै आएका छन् । उनको परिवारिक सो क्षेत्रमा राम्रो पकड रहेको छ। यादवको दाई वडा अध्यक्ष हुन्।यस क्षेत्रमा उहाँको जातिको बाहुल्यता रहेको क्षेत्रको रुपमा मानिन्छ। यादवको स्वच्छ छबि भएका कारण जितन सहज रहेको आकलन ३ नम्वर क्षेत्रका जनताले गरेको छ। रास्वपा : युवा उत्साह र नयाँ राजनीतिक आशा तर रास्वपाको संगठन कमजोर र देशव्यापी लहर;उम्मेदवार आलोचित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रामाकान्त चौरसिया छन्। चौरसिया टुरिष्ट उम्मेदवार रहेको आरोप लागेको छ।चौरसिया पर्सा क्षेत्र नम्बर २को बिमनपा वडा नम्बर १९ वर्वा निवासी हुन्। उनी पेशागत रुपले ठुलो ठेकदार हुन्। उनको कम्पनीले पर्साको विभिन्न ठाऊमा लिएको ठेक्का अलपत्र रहेकोले जनता असंतुष्ट रहेका छन्। नेपाली काग्रेस पर्सा २ को उम्मेदवार अजय चौरसियाको आफ्नै साढु भाईका छोरा हुन । मतदाताको उनी माथि रहेको विश्वास घटदै गएको एकजना स्थानियले बताए। अहिलेको वर्तमान राजनितीकमा देश भरि नै निकै रास्वपाको चर्च रहेकोले घण्टीबाट बाजी मार्न सहज रहेको देखिएको छ। युवा नेता चौरसिया बोल्न नसक्ने र भाषण गरेर चुनाव जित्ने सम्भावना रहेको छ । चनावी अभियानलाई प्राथमिकता दिने उनको छविले युवामाझ राम्रो प्रभाव पारेको देखिन्छ।तर, नयाँ दल भएकाले संगठन नै उनको मुख्य चुनौती हो। पुरानो समीकरण दोहोरिन्छ कि नयाँ इतिहास लेखिन्छ? यसको अन्तिम निर्णय अब पर्सा –३का मतदाताको हातमा छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।