संजय कुशवाहा / नवलपरासी १९ माघ नवलपरासी पुर्व बिनई त्रिवेणी गाउँपालिका वडा नं. ६ परसैहिया स्थित आस्थाको मदार बाबा मेला मदरिया पहाड मेलाको तिब्र तयारी भई रहेको छ । हिन्दु मुस्लिम दुबैकाे आस्थाका साझा केन्द्रकाे रूपमा विकसित भएकाे मदारबाबा मेला यस वर्ष माघ २४ गते देखी शुरू हुने भएको छ । मेलाकाे आयाेजक मदार बाबा मजार सरक्षण कमिटीले मेलाकाे तयारी तिब्र रूपले भई रहेको जनाएकाे छ । मेलामा आउने श्रद्धालुका लागि खानेपानी, विरामीका लागि निशुल्क उपचार शिविर ,राति बस्नेलाई बास, शौचालय साथै सुरक्षाका लागि चुस्तदुरूस्त व्यवस्था मिलाइएकाे आयोजक कमिटिका अध्यक्ष जमालुदिन मिंयाले बताएका छन । मदार बाबा मेलामा भर्नाको लागि नेपालका काठमाडौ ,पोखरा ,पाल्पा ,चितवन ,रूपन्देही ,कपिलवस्तु ,नवलपरासी लगाएत भारतको दिल्ली, मुम्बइ, बिहार, बंगाल लगायतकाे विभिन्न स्थानहरूबाट मेलामा आउने भक्तजन अनुमान गरिएको छ । मौसम सफा भएको हुनाले विगत वर्षहरूकाे अनुभवकाे आधारमा यस वर्ष अझ बढी श्रद्धालु आउने विश्वास गरिएको आयोजक कमिटिका अध्यक्ष मियाँले बताए । यो मेला मुस्लिम समुदायको भएपनि यसलाई हिन्दुको मुस्लिमको आस्थाको केन्द्र मानिने गरिन्छ । मदारबाबाको मजारमा भाकल, दुख तथा मनोकामना लिएर आउने श्रद्धालुहरुकोभाकल तथा मनोकामना पुरा हुने र सन्तान नहुने दम्पती सान्तान पाउने तथा दुखियाको दुखहरण हुने धार्मिक मुल्य मान्यता र विश्वास भएको मदार बाबाका हजरत मौलाना गद्दीनशीन ( मठाधिश ) बाबा अमिरूल्लाह अन्सारीले बताए । श्रद्धाकाे यस केन्द्रमा ४ वटा महत्वपुर्ण स्थान रहेकाे बताइएकाे छ । महलबारीमा मस्जिद रहेकाे छ भने यसबाट अगाडि बढदै जादा गुद्दरबाबा , चावलधाेइल , नाकदर्वा र उच्च पहाडमा मदारबाबा स्थान रहेका छन । मदारबाबाको मुख्य स्थल मजारमा पुग्न निकै कठिनाई हुने गर्छ तर पनि ५ देखि ६ घण्टासम्म पहाड चढेर मुख्य स्थलमा पुगी आफनो दुख तथा मनोकामना बाबालाई सुनाउने गर छन् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।