कोरोना महामारीको बिच पहिलो पटक हुन लागेको छठ पर्वको तयारीमा भने कुनै कमी आएको छैन् । निष्ठा पुर्वक ४ दिन सम्म मनाइने छठ पर्व अन्गर्तत आज खरना मनाइदै छ । जलाशयहरु सजाउने, सरफाई लगायतका काम समेत अन्तिम चरणमा पुगेको छ । छठ पर्व मनाइने पोखरी तथा घाटहरु सजवाट गरी झकिझकाउ बनाइएको छ । त्यन्तै निष्ठापूर्वक मनाइने छठ पर्वलाई सबैभन्दा कठोर पर्वको रुपमा लिइन्छ। यस यस पर्वमा ब्रति पहिलो दिन ‘नहाय–खाए’ गर्छन् भने दोस्रो दिन खरना, तेस्रो दिन डुब्दै गरेको र चौथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिन्छन्। यस पर्वको लागि महिनौ पहिला देखि तयारी थाल्छन्। छठ पर्व पोखरी, नदी, इनार लगायत पानीको स्रोत भएको स्थानमा मनाइने गरिन्छ। जसको लागि सो स्थललाई सजाइने गरिन्छ। जनकपुरधामको छठ पर्व नेपालमै सबैभन्दा प्रसिद्ध रहेकोले यहाँ हप्तौ पहिले देखि तयारी शुरु गरिन्छ तर यस पटक भने केहि दिन बाँकी रहेको समय पोखरीहरुलाई सजावट गर्ने काम थालिएको छ। जनकपुरधामको एतिहासिक पोखरी गंगा सागर, अरगजासर, दशरथ तलाउ, नोचा पोखरी लगायतका सरोवरहरुमा सजावटको काम सुरु भएको छ। यो पर्व घरेलु उत्पादनमा निर्भर रहेकोले आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँ, चामल लगायतको व्यवस्था गरेर त्यसलाई धोइ पखालेर आफ्नै घरमा रहेको जाँतोमा पिसेर त्यसको पिठोबाट छठको सामग्रीहरु बनाइने गरिन्छ। छठमा चढाईने वस्तुको शुद्धता यस पर्वलाई अन्य पर्वभन्दा फरक तुल्याएको संस्कृतिविद रामभरोस कापडि भन्छन्। उनले भने, ‘यस पर्वमा सामान्य रुपमा नभै पूर्ण चोखोपनाले सतर्कतापूर्वक चामल, गहुँलाई केलाएर, धोएर, सुखाएर, पिघेर राखिन्छ। वास्तवमा यो चोखोपनाको विशिष्ट पक्षनै यस पर्वलाई अन्य पर्व भन्दा फरक बनाउंँछ ।’ यो पर्व सोखले वा रहरले गर्ने पर्व नरहेको उनले बताए । अहिले यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्नेहरुको चहलपहल बढेको छ। जनकपुरधामको बजारहरुमा बाँसबाट र माटोबाट बनेको सामाग्रीहरु जताततै बिक्री भइरहेको छ। मिथिलानीहरु अहिले माटोबाट बनेको घैँटो, हात्ती त्यस्तै बाँसबाट बनेको छिट्टी ९टोकरी०, नाङ्लो, कन्सुपति लगायतको सामान किन्नमा व्यस्त छन्। यस वर्ष शुक्रवार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ भने शनिवार उदाउँदै गरेको सूर्यलाई अर्घ दिई पर्वलाई सम्पन्न गरिन्छ। चार दिनको यस पर्वमा व्रतालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नुपर्दछ । यस पर्वमा पहिलो दिन भोली नहाय खाए हुन्छ । जीउ शुद्ध गर्न नुहाउने दिनलाई ‘नहाय–खाए’ भनिन्छ भने दोस्रो दिन दिनभरि उपवास रही रातीमा ‘खीर’ बनाई देउतालाई चढाएर खाने विधिलाई ‘खरना’ भनिन्छ । 57 kj{ dgfOFb}hgsk’/sf j|tfn’ 57 kj{sf] d’Vo lbg cfOtaf/ laxfg pbfpFbf] ;”o{sf] k”hf cf/fwgf ub}{ / ;fFem c:tfpFbf] ;”o{nfO{ k”hf cf/fwgf u/L c£o{ lbOFb}5 . sflt{s z’Sn rt’yL{b]lv ;KtdL;Dd dgfOg] ;”o{b]jsf] cf/fwgf, pkf;gf / k”hfsf] of] kj{ z’qmaf/b]lv ;’? ePsf] xf] . tl:a/ M /f]zg ;fksf]6f, /f;; त्यस्तै मूल दिनमा ठेकुवा, भुसवा आदि कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हाती, सूप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अघ्र्य दिइन्छ । छठपर्व नै यस्तो पर्व हो जसमा अस्ताञ्चलगामी सूर्यलाई पनि पूजा गर्ने परम्परा छ । बिहानपख उदाउँदै सूर्यलाई अघ्र्य दिई पर्वको समाप्ति गरिन्छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।