पावरको आडमा अबैध ढंगले खोला जन्य वस्तु उत्खनन यथावत, पिल्सिएको प्रशासन मौन !

अजय पाठक/१३ पुस, बाँके ।

प्राकृतिक रुपमा पाइने श्रोतको उचित व्यवस्थापन नगरे वा जथाभावी उत्खनन संकलन गरिएमा क्षेत्र वातावरणीय रुपमा प्रभावित हुन सक्नेछन् । जस्तै नदिको वहाव परिवर्तन, भु-क्षयका साथ साथै अन्य सामाजिक सम्पत्तिहरुमा हानी नोक्सानी हुन सक्नेछन ।

त्यस्तै बाँकेको नेपालगन्जबाट उत्तर पुर्व तर्फ रहेको क्षेत्र राप्ती सोनारी गाउँपालिकामा मनपरी ढंग अर्थात नेपाल सरकारले तोकेको मापदण्ड बिपरित खोला जन्य वस्तु उत्खनन भइ रहेको छ तर बाँके प्रशासन यस प्रती मौन देखिएको छ ।

 

 

सरकारले उक्त बगर क्षेत्र राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ खल्ल टपरीबाट बाढी, जोखिम न्यूनीकरण गर्ने प्रयोजनार्थ खोला उत्खनन तथा संकलन कार्यको प्रस्ताव पास गरेको हो । तर खोलामा पास गरेको मापदण्ड बिपरित खोला जन्य वस्तु उत्खनन भइ रहेको छ ।

यस बिषयमा आज मात्र होइन बिगत महिना अगाडि देखि नै घटना क्रमको बारेमा समाजिक अभियानता लगायत गाउँलेहरुले प्रशासनलाई लगातार गुनासो र खबरदारी गर्दै आएको भए पनि पावरमा पिल्सिएको प्रशासन मौन देखिएको स्थानियले बताउँछन ।

शुक्रबार खोलामा पत्रकार लगायतको टोलि पुगेको एक घण्टा मै राप्ती सोनारी गाउँपालिकाक उपाध्यक्ष धनी खत्री लगायतको टोली समेत पुगेको थियो । उपाध्यक्ष खत्रीलाई प्रश्न गर्न खोज्दा मुख फेरि आफ्नो बाटो लागेर अनुगमन गर्न आए जस्तो व्यवहार देखाउनुभयो । धेरै प्रयास पश्चात् पत्रकारले प्रश्न राख्न नपाउदै उहाँले भन्नू भयो,”अहिले सम्म जे भयो भयो अब अगाडी देखि हामी पनि यस विषयमा सतर्क रह्ने प्रतिबद्धता जनाउनुभयो ।” स्थानिय लगायतका व्यक्तिहरुले लगातार हामी संग प्रश्न उठाउन थले पछी हामी प्रत्येक्ष रुपमा क्षेत्र र कामको अनुगमनम आएको उहाँले बताउनुभयो ।

प्रस्ताव अनुसार ढुवानी गर्ने रूट गाउँपालिकाले निर्णय गर्ने:

प्रतिबेदनको योजना अनुसार ढुवानी गर्ने रूट गाउँपालिकाले निर्णय गर्ने बुझिएको छ । तर उक्त प्रस्तावित क्षेत्र खल्ला टेपरीबाट ढुवानी गर्ने रूट गाउँका बासिन्दालाई प्रभावित बनाएको स्थानियको गुनासो छ । जसका कारण त्यस क्षेत्रका स्थानिय आक्रोशित भएका छन ।

खल्ला टेपरीको आसपासका घर भइ बस्दै आएका स्थानीयले शुक्रबार भिड जम्मा गरेर खल्ल टेपरी योजनाको बिरोध गरि रहेको सूचना पाएको केही समयमै नील खबर अन्लाईनको टोलि उक्त क्षेत्रमा पुगेको थियो । करिब ३० भन्दा बढी स्थानीयहरुले भिड लगाएर राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जनक बहादुर थारु संग प्रश्न गरि रहेका थिए । पत्रकार पुगेर माहोल बुझ्न नपाउदै वडा अध्यक्ष ५ मिनेट पछि नजरमा नै आएन्न ।

प्रभावित स्थानीयहरुले पत्रकार संग गुहार माग्दै आफ्ना पीडा नील खबरलाई सुनाए !

स्थानीयले आफ्ना दुख सुनाउदै भने, “हाम्रो घर नजिकै क्रसर संचालनमा छ । क्रसरबाट उत्पन्न भएका फोहर धुलोका कारण खाना खाना समेत समस्या भएको छ । हाम्रो घरको छानाबाट साझा धुलो झार्ने हो भने दुई- चार लम्बर माटो झर्छ । रोटी पकाएर राखिम भने माटोको डल्लो जस्तो भैदिन्छ, क्रसरले प्रयोग गरेको टिप्परका कारण बिग्रिएको बाटोले हामीलाई केही भयो भने एउटा एम्बुलेन्स समेत आउन सक्दैन । बाहिर कपडा सुकाउन पनि गाह्रो छ । हाम्रो बाटोमा एउटा अपाङ्गको वील च्यर हिड्न नसक्ने, एम्बुलेन्स गुड्न नसक्ने, आगलागीमा दमकल आउन नसक्ने बाटो छ । राप्ती पारी जस्तो बिकट ठाँउमा बिकासको योजना न्युन र भए भरको लागी बिनासको योजना बढी देख्न परेकोमा अत्यन्त दुखी महसुस भएको बताउँछन । भबिस्य कसैले देखेको छैन । गाउँमा आगलागी हुन सक्छ, कोहि सदस्य बिरामी हुन सक्छ । त्यस घडीमा हामी यी सेवा कसरी लिने? के केन्द्र सरकार, प्रदेश सरकार, स्थानिय सरकारले यसको ग्यारेन्टी लिन सक्छ ? अर्थिक श्रोत बढाउन योजना पास गर्ने तर हाम्रो ग्यारेन्टी लिन न सक्ने? हामी नेपालको नागरिक होइनौं ? लगायतका प्रश्न गरेका छन ।

संकलन तथा उत्खनन गर्दा तीन तह कै सरकारको कुनै पनि निकायले निर्माण गरेका संरचनाहरु तथा सार्वजनिक सम्पत्तिहरुमा हानी नोक्सानी पुर्याउन पाइने छैन । तर बाढीबाट गाउँलाई बचाउन सरकारले निर्माण गरेको भौतिक संरचना ड्याम (बान्ध)माथीबाट टिप्पर लगायतका यातायात संचालनमा रहेको स्थानियले बताउँछन । ड्याम माथी हानी भइ रहेको स्थानियको दावी छ । ड्याम भत्कियो भने बर्खामा बढी आउने, नदिको बहाव परिवर्तन हुन सक्ने, बाली नाली नोक्सानी हुन सक्ने भन्दै चिन्तित देखिएका छन ।

प्रस्तावमा दिएको मापदण्ड अनुसार नदि तथा खोलाको पानीको सतह भन्दा गहिरो हुने गरि श्रोत उत्खनन गर्न पाइने छैन तर खोलामा स्काभेटरको ID Bucket हन्डल डुबन्ने गरि उत्खनन गरिएको फोटोमा स्पष्ट देख्न सकिन्छ ।

ढुवानी गर्दा ढुवानीका सवारी साधनहरुलाई अनिवार्य रुपमा ढाक्नु पर्ने र सडकमा पानी चुहाउन न पाइने भएको भए पनि कुनै ट्रिपर माथि पाल वा ढाक्ने वस्तु देखिदैन । बाटोमा पानी चुहाउदै ढुवानीका सवारी साधन संचालनमा छन ।

ढुवानीका साधनहरु गुड्ने रोडमा सम्बन्धित स्थानीय तहले ट्राफिक व्यवस्थापन (सवारी साधनको गति सिमित, समय निर्धारण, वस्तीहरुमा जेब्रा क्रसको व्यवस्था )आदि तोकिदिनु पर्नेछ । तर के यी सबै ट्राफिक नियम पालना भएका छन ? गति र समय निर्धारण भएको छ ? होइन भएको छैन, ट्रिपर धुलो उडाउदै असीमित गतिमा गुडछन र ट्राफिक प्रहरी रोडको किनारमा उभिएर नजरअन्दाज गरि हेर्दाछन । यसबाट स्थानिय मात्र होइन बाटोमा गुड्ने अन्य सवारी चालक समेत प्रभावित भएका छन, कतिपय दुर्घटना हुनुमा पनि ट्रिपर र ट्रकले उडाएको धुलो एउटा कारण बनेको स्थानियको दावी छ !

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ का स्थानियहरु वर्षाै देखी सोही ठाउँमा बस्दै आएका बताउछन । संकलन तथा उत्खनन स्थल सम्म जाने र आउने मार्ग गाउँपालिकाले तोक्नु पर्नेछ तर प्रशासनलाई सो सम्बन्धमा थाहा हुँदा हुँदै पनि गाउँ वस्ती भएको नजिक क्रसर संचालन गर्न अनुमति दिनुमा तात्पर्य के रहेको स्पष्ट भएको छैन ? योजना अनुसार १ मिटरको गहिराईमा मात्र उत्खनन गर्न पाइनेछ तर खोलामा अबैध रुपमा मापदण्ड बिपरित काम भइ रहेको तथ्य अगाडि आएको घटनामा कुनै दुई मत छैन ।

सामाजिक अवरोध: उत्खनन तथा संकलनको समयमा स्थानीयहरुबाट आउन सक्ने सामाजिक अवरोध तथा समस्याहरुको वर्ता र सम्वाद समाधान गर्ने प्राबधान छ तर प्रशासन र स्थानीय सरकारले यी क्षेत्रका स्थानियको गुनासो नसुनेकै कारण उनीहरु आक्रोशित बनेको ठ्हर छ । प्रशासन र स्थानिय सरकारले विभिन्न बहानामा स्थानियहरुको विषयलाई नजरअन्दाज गर्दै आएको छ ।

खोला जन्य वस्तु उत्खनन गर्न मापदण्ड के-के हुन ?

१) प्रस्तावित क्षेत्र खल्ला टेपरीमा यातायातको पहुँच: उत्खन्न क्षेत्रको पहुँचको हकमा सबै संकलन तथा उत्खनन क्षेत्रमा यातायातको सहज पहुँच रहेको प्रतिबेदनमा स्पष्ट संग जनाइएको छ ।

२) मेसिनरी योजना: दिगो रुपमा डुङ्गा, गिट्टी र बालुवा उत्खनन/ संकलन कार्य गर्दा निम्न अनुसारको सामग्री प्रयोग गरिने छ ।

– उत्खनन/संकलन गर्ने माध्यम/साधनको हकमा हाते औजार वा श्रम मुलक प्रविधिहरुमा ( सावेल, बेलचा, कोदालो) प्रयोग गर्ने
– हाते औजारहरु प्रयोग गरि उत्खनन गर्न सम्भव गर्न सम्भव न भएकोमा हल्का वा साना मेसिनरी औजार (१DX  स्काभेटर/डोजर प्रयोग गर्ने)
– संकलन गर्न मिनि ट्रक वा कामदार प्रयोग गर्ने
–  ढुवानी गर्न ट्रिपर / मिनी ट्रक/ ट्रयाकटर प्रयोग गर्ने
– ढुवानी गर्ने रूट गाउँपालिकाले निर्णय गर्ने

संकलन/ उत्खनन वा ढुवानी (कार्य वा बिधि ) र परिमाणको आँकलन

– प्रतिबेदनले तोकिएको स्थानबाट मात्र बालुवा, गिट्टी, तथा डुङ्गा माटो र भरौट संकलन/उत्खनन गर्न पाइनेछ
– सामान्य हाते औजार र कामदार प्रयोग गरि अर्थात श्रम मूलक प्रविधी प्रयोग गरि उत्खनन तथा संकलन कार्य गरिनेछ । आवस्यक अनुसार प्रतिबेदनले तोके बमोजिम तुलनात्मक रुपमा धेरै गहिराईमा उत्खनन गर्न सकिने तथा नदिको धारलाई केन्द्रीकृत गर्नु पर्ने गरि उत्खनन गरिने स्थानमा साना मेशिनरी औजार (ID Bucket and small capacity Excavator-सबै भन्दा सानो साइजको बकेट भएको सानो क्षमताको एक्सकाभेटर) समेत प्रयोग गरि उत्खनन गर्न सकिनेछ ।
– पक्की पुल तथा झोलुङ्गे बाट ५०० मिटर माथी र १००० मिटर तल तथा राजमार्ग बाट ५०० मिटर दुरी भित्र, हाइटेन्सन, नहर लाइन लगायतका भौतिक संरचनाको २०० मिटर तल र माथीबाट संकलन तथा उत्खनन नगर्ने
– घना वस्ती र वन क्षेत्रबाट २००० मिटर क्षेत्र वरपरबाट श्रोत उत्खनन गर्न पाइने छैन तर त्यसको लागी सम्वन्धित
वस्ती भएको वडाबाट सिफारिस प्राप्त गर्न तथा सम्वन्धित वनको संरक्षण गर्न निकाय अर्थात सामुदायिक वन तथा सम्वन्धित वन कार्यालयबाट सिफारिस प्राप्त गरिनेछ ।
– वन तथा चुरे क्षेत्रबाट सामान्यतया श्रोत उत्खनन गरिने छैन । तर सम्वन्धित निकायको सहमतिमा उल्लेखित सम्पुर्ण शर्त तथा प्रभाव न्यूनीकरणका उपायहरू अवलम्बन गरि संकलन तथा उत्खनन गर्न सकिनेछ
– संकलन तथा उत्खनन गर्दा खानेपानीका स्रोत तथा पाइप लाइन र सिचाइको नहरहरुलाई क्षति पुर्याउन पाइने छैन
– संकलन तथा उत्खनन गर्दा ३ तह कै सरकारको कुनै पनि निकायले निर्माण गरेका संरचनाहरु तथा सार्वजनिक सम्पत्तिहरुमा हानी नोक्सानी पुर्याउन पाइने छैन ।
नदि तथा खोलाको पानीको सतह भन्दा गहिरो हुने गरि श्रोत उत्खनन गर्न पाइने छैन ।
– ढुवानीको हकमा भाडाका ट्रयाक्टर, टिपरहरु प्रयोग गर्ने
– ढुवानी गर्दा ढुवानीका सवारी साधनहरुलाई अनिवार्य रुपमा ढाक्नु पर्नेछ र सडकमा पानी चुहाउन पाइने छैन
– ढुवानीका साधनहरु गुड्ने रोडमा सम्बन्धित स्थानीय तहले ट्राफिक व्यवस्थापन (सवारी साधनको गति सिमित, समय निर्धारण, वस्तीहरुमा जेब्रा क्रसको व्यवस्था आदि तोकिदिनु पर्नेछ । तथा संकलन तथा उत्खनन स्थल सम्म जाने र आउने मार्ग गाउँपालिकाले तोक्नु पर्नेछ ।
– उत्खनन तथा संकलनको समयमा स्थानीयहरुबाट आउन सक्ने सामाजिक अवरोध तथा समस्याहरुको वर्ता र सम्वाद समाधान गर्ने ।
– उत्खनन क्षेत्रमा उत्खनन परिमाण, ठेक्का तथा राज्श्व विवरण खुलाइ होडिङ बोर्ड राख्नु पर्नेछ ।
– संकलन उत्खनन कार्यमा संकलन कामदारहरु छनौट गर्दा स्थानिय व्यक्तिलाई रोजगारी दिने निति अवलम्बन गरिने भएकोले संकलन क्षेत्रहरुमा कामदारहरुको लागी अस्थायी शिविर स्थल बनाउन आवस्यक नपर्ने देखिन्छ ।
– श्रोत उत्खनन तथा संकलन गर्दा खेरजाने वस्तुहरुको भणडार संकलन क्षेत्र वरिपरि सकेसम्म खेतीयोग्य जमिनमा नपर्ने गरि अस्थायी रुपमा भणडार क्षेत्र स्थापना गर्नु पर्नेछ ।
– विद्दमान संघीय, पा्रदेशिक र स्थानीय र स्थानिय एन, तथा मापदण्डहरुको अधिनमा रहि संकलन तथा उत्खनन गर्ने।

संकलन /उत्खनन गरिने परिमाणको आंकलन

सरकारले राप्तिसोनारी गाउँपालिका ६ स्थित खल्लाटपरी घाट (क) निर्धारण गरेको छ । उक्त क्षेत्रको लम्बाई ९५० मिटर, चौडाइ १२० मिटर, उचाई १ मिटर, ढुंगा, गिट्टी, बालुवा जम्म भएको परिमाण १,१४,००० (घ.मि.) रहेको, IEE अनुसार उत्खनन गर्न मिल्ने परिमाण ८१,००० (घ.मि) र ढुंगा ०%, गिट्टी ४०%, वालुवा ६०% संकलन पदर्थ रहेको श्रोत फिल्ड् सर्वे चैत २०७६ मा स्पस्ट छ ।

राप्ती नदिबाट उत्खनन गरिने ढुंगा, गिट्टी, बालुवा आदि दर रेट रु २८० प्रती घ.मि(प्रदेश सरकारमो सिफारिसमा गाउँपालिकाले निर्धारण फरेको दर रेट) कायम गर्दा कूल राजश्व प्राप्त हुने रकम अनुमानित रु. २,२६,८०,००० गरेकोमा परिक्षण प्रतिबेदनले आन्कलन गरेको कूल राजश्व गाउँपालिकाले ठेक्का लाउदा बढन वा घटन पनि सक्ने ।समय समयमा प्रदेश सरकारले नदि जन्य वस्तु दररेट परिवर्तन गरेमा सोही अनुसार हुनेछ ।

के राप्ती सोनारी गाउँपालिकाको योजना यी सबै मापदण्ड अनुसार संचालनमा छ?

पत्रकारलाई एकलै खोलाको रिपोर्टिङ गर्न गाह्रो ?

खोलामा एक्लै रिपोर्टिङ गर्न जान समेत भय महसुस गरिएको छ । शुक्रबार राप्ती सोनारी गाउँपालिका वडा वासीहरुले गरेको बिरोधको रिपोर्टिङको समयमा एक्सकाभेटर वरपर रहेका करिब १८ वर्ष देखि ३० वर्ष सम्मका ४-५ जना युवाहरुले देखाएको दुव्र्यवहारका कारण कुनै पनि पत्रकार त्यस क्षेत्रमा जानू अघि आफू संग प्रहरी अनिवार्य लग्न जरुरी छ । रिपोर्टिङ गर्ने क्रममा ती युवाहरुले क्यामेरा तानदिनेजस्तो शब्द प्रयोग गरि रहेका थिए । केही समयमै १० जना जति स्थानियहरुको उपस्तिथिमा समेत एक युवाले क्यामेरा तान्न आए पछि नील खबरले प्रहरीलाई खबर गरेको थियो । केही समय मै प्रहरीले ती युवालाई नियन्त्रणमा लिएकाे थियाे । प्रहरी र पत्रकारको फन्दामा परि सके पछि ती युवा आफ्नो गल्ती महसुस गरेर पटक पटक हात जोडेर माफी मागे कै कारण उनलाई खबरदारी सहित रिपोर्टिङको कुनै पनि क्रममा पत्रकारलाई यस्तो व्यवहार नदोहोर्‍याउन चेतावनी पश्चात एकपटकको लागी माफ गरेको थियो ।

ती युवाहरुलाई ठेकेदारले खटाएको हुन सक्ने स्थानियले बताए ।

संचालनमा रहेका ट्रिपर र स्काभेटर किन भागे ?

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot