पूर्व मन्त्री हृदयेश त्रिपाठीले शुभेच्छुकहरूसंग चुनावकाे लागि मागे आर्थिक सहयोग

राष्ट्रिय दैनिक /नवलपरासी, १९ माघ

निर्वाचन क्षेत्र नम्बर–१, पश्चिम नवलपरासीबाट उम्मेदवारी दिएका हृदयेश त्रिपाठीले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गर्नुभएको छ। जसपा उम्मेदवार त्रिपाठीले आफ्नो फेसबुकमार्फत हालको कठिन परिस्थितिमा सहयोग गर्न इष्टमित्र, शुभेच्छुक तथा आम नागरिकसँग अनुरोध गर्नुभएको हो।

वि.सं. २०८२ भाद्र २३ गते युवा विद्यार्थीहरूले गरेको शान्तिपूर्ण आन्दोलनमाथि तत्कालीन सरकारद्वारा गरिएको दमनपछि भाद्र २४ गते देशका विभिन्न स्थानमा आगजनी तथा लुटपाटका घटना हुँदा व्यापक भौतिक क्षति भएको उल्लेख गर्दै त्रिपाठीले उक्त घटनाक्रमले आफू पनि प्रत्यक्ष प्रभावित भएको बताउनुभयो।

उहाँका अनुसार सोही क्रममा उहाँको घर तथा जेन्जी उमेरमा रहेका छोरा संलग्न सक्खर उद्योगमा आगजनी र लुटपाट गरिँदा ठूलो क्षति पुगेको थियो। यस्तो कठिन परिस्थितिका बाबजुद पनि जनताको पक्षमा उभिँदै राजनीतिक यात्रालाई निरन्तरता दिन उम्मेदवारी दिएको उहाँले स्पष्ट गर्नुभयो।
त्रिपाठीले उक्त घटनाबाट भएको क्षतिपूर्ति तथा आगामी राजनीतिक अभियान सञ्चालनका लागि इष्टमित्र, शुभेच्छुक र सहयोगीहरूलाई सहयोग गर्न अपिल गर्नुभएको छ।

सहयोगका लागि ग्लोबल आइएमई बैंक, बेलाटारी शाखा खाता नम्बर: 07502010000710 मा रकम जम्मा गरी सहयोग गर्न सकिने जानकारी दिनुभएको छ।

उहाँ यसअघि मन्त्री पदमा रही विभिन्न जिम्मेवारी सम्हालिसक्नुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot