द्वन्द्व तथा हिंसा रोकथामका लागि लुम्बिनी र गण्डकीमा नागरिक समाजसँग अध्ययन तथा छलफल

रंजीत शर्मा /रुपन्देही, १९ माघ

निर्वाचनअघि, निर्वाचनको क्रममा तथा निर्वाचनपछि समाजमा उत्पन्न हुन सक्ने द्वन्द्व र त्यसबाट विकसित हुने हिंसाको समयमै पहिचान तथा न्यूनीकरण गर्ने उद्देश्यले लुम्बिनी र गण्डकी प्रदेशमा नागरिक समाज, युवा तथा सरोकारवाला निकायसँग प्रारम्भिक अध्ययन तथा छलफल सम्पन्न भएको छ।

फ्रिडम स्टुडियो र समग्र विकास सेवा केन्द्र, काठमाडौँको सहकार्यमा सञ्चालन भइरहेको द्वन्द्व तथा हिंसा ट्र्याकिङ/ट्र्याकर (चेतना) कार्यक्रम अन्तर्गत सरोकारवाला निकायसँग फोकस समूहगत छलफल आयोजना गरिएको हो।


छलफलमा निर्वाचनअघि उम्मेदवार छनोट, दलभित्रको आन्तरिक असन्तुष्टि, टिकट वितरण, गठबन्धन तथा दल विभाजनका कारण उत्पन्न विवाद, निर्वाचन अवधिमा प्रचार–प्रसार, नारा–जुलुस, सामाजिक सञ्जालमार्फत फैलिने घृणात्मक अभिव्यक्ति, मतदाता त्रास, मतदान केन्द्र आसपासको तनाव तथा निर्वाचनपछि नतिजा अस्वीकार, हार–जितलाई लिएर हुने विरोध, प्रदर्शन र सम्भावित हिंसाका विषयमा गहन छलफल गरिएको थियो। साथै कुनै समुदाय, धर्म वा जातिलाई लक्षित गालीगलौज तथा गलत कार्यका जोखिमबारे पनि छलफल केन्द्रित रहेको थियो।
फ्रिडम स्टुडियोका कार्यकारी प्रमुख प्रतीक कर्माचार्यले समाजमा व्यक्ति, समुदाय र वर्गबीच देखिने फरक विचार, असहमति र असन्तुष्टिलाई समयमै समाधान गर्न नसक्दा साना विवादहरू क्रमशः द्वन्द्व र हिंसामा परिणत हुने खतरा रहने बताउनुभयो। उहाँले निर्वाचनजस्तो संवेदनशील समयमा प्रारम्भिक चेतावनी संकेत पहिचान गर्न सके ठूलो क्षति रोक्न सकिने उल्लेख गर्नुभयो।
छलफलका क्रममा सहभागीहरूले विवाद नै द्वन्द्वको प्रारम्भिक अवस्था भएको र विवादको विकसित रूप नै द्वन्द्व हुने भएकाले निर्वाचनसम्बन्धी द्वन्द्व तथा हिंसा व्यवस्थापनमा राज्य, सुरक्षा निकाय, निर्वाचन प्रशासन, राजनीतिक दल, नागरिक समाज र समुदाय सबैको समान भूमिका आवश्यक रहेकोमा जोड दिएका थिए।

लुम्बिनी र गण्डकी प्रदेशका नागरिक समाजका प्रतिनिधि, युवा तथा समुदायस्तरीय सरोकारवाला गरी करिब ३० जनाको सहभागितामा दुई चरणमा सम्पन्न छलफलमा स्थानीय तहमा देखिने निर्वाचनसम्बन्धी द्वन्द्व तथा हिंसाका अवस्था, प्रवृत्ति, कारण र जोखिमका संकेतबारे विस्तृत चर्चा गरिएको थियो। साथै तथ्याङ्क संकलन, प्रमाणीकरण र प्रारम्भिक चेतावनी प्रणालीलाई सुदृढ बनाउँदै निर्वाचन शान्तिपूर्ण बनाउन सकिने उपायबारे सुझावहरू प्रस्तुत गरिएको थियो।
छलफलबाट प्राप्त निष्कर्षहरू शान्ति निर्माण, निर्वाचनसम्बन्धी द्वन्द्व न्यूनीकरण तथा प्रमाणमा आधारित नीति तथा निर्णय प्रक्रियालाई सहयोग पु¥याउने उद्देश्यले प्रयोग गरिने आयोजक संस्थाले जनाएको छ।


समग्र विकास सेवा केन्द्रका अनुसार समाजमा शक्ति, क्षमता र स्रोतको पहुँच तथा बाँडफाँडमा असमानता हुँदा उत्पन्न हुने असन्तुष्टि र मनमुटाव निर्वाचनको समयमा झनै चर्किने भएकाले ती विषयलाई केन्द्रमा राखी तथ्याङ्कसहितको शोध अध्ययन तयार गरी नेपाल सरकार, निर्वाचन आयोग तथा सम्बन्धित सरोकारवालालाई सिफारिस गरिनेछ।
यसअघि यस्तै कार्यक्रम मधेश र कोशी प्रदेशमा सफलतापूर्वक सम्पन्न भइसकेको आयोजकले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot