Rashtriya Dainik

रुपन्देहीको ओमसतिया–४ मा बिहानै दुर्घटना,१० भन्दा बढी विद्यार्थी घाइते भई भैरहवामा उपचाररत

रुपन्देही,२० माघ

रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा विद्यार्थी सवार बस दुर्घटना हुँदा १० जनाभन्दा बढी विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
परासीतर्फबाट विद्यार्थी बोकेर फर्किँदै गरेको लु १ ख ८६७५ नम्बरको बस आज बिहान करिब साढे ५ बजेतिर बसन्तपुरस्थित टोल गेट नजिक ट्याक्टरसँग ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका सबै विद्यार्थीलाई उपचारका लागि भैरहवा मेडिकल कलेजमा भर्ना गरिएको ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले जानकारी दिए ।
अस्पतालमै रहेका अध्यक्ष यादवका अनुसार केही विद्यार्थीको टाउकोमा चोट लागेको छ भने उनीहरूको उपचार जारी छ । दुर्घटनाको कारण र अन्य विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनासम्बन्धी थप विवरण आउन बाँकी छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित