आज इस्लाम समुदायमा मोहम्मद दिवस भव्य रुपमा मनाइदैंः प्रेस सेन्टर नेपालद्धारा शुभकामना वक्तव्य जारी

स्वास्थ्य सतर्कता अपनाउँदै उत्सव मनाउन सुझाव

अजय पाठक
१४ कार्तिक, बाँके । इस्लामी पात्रो हिजरी सम्वत् अनुसार आज मुस्मिम समुदायमा इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्म दिवस ‘मोहम्मद डे’ विशेष ढंगले मनाइदै छ । महोम्मद दिवसको अवसरमा प्रेस सेन्टर नेपालले आज एक वक्तव्य जारी गर्दै शुभकामना ज्ञापन गरेको छ ।

प्रेस सेन्टर नेपालका सचिव भिमबहादुर बिकको हस्ताक्षरमा उक्त शुभकामना वक्तव्य जारी गरिएको हो । उक्त वक्तव्यमा नेपाली समाज बहुधर्म, संस्कृति र संस्कारले भरिएको र आपसी सद्भाव, सहिष्णुताले सजिएको भन्दै मोहम्मद दिवसको अवसरमा सम्पूर्ण पत्रकार, कलाकार, बुद्दिजीवी, सामाजिक अगुवा र इस्लाम समुदायमा न्याय, समानता र सद्भाव बृद्धीको शुभकामना ज्ञापन गरिएको छ ।

त्यसका साथै पछिल्लो अवस्थामा विश्वमानव समुदायमा कोरोना संक्रमणले त्रास निम्याएको र त्यसबाट जोगिर्दै, उच्च स्वास्थ्य सतर्कता अपनाउँदै चाड पर्व र उत्सवहरु मनाउनका लागि समेत प्रेस सेन्टर नेपालले वक्तव्य मार्फत सम्बद्ध सबैमा सुझाव दिएको छ ।

आज मोहम्मदको १४९५ औं जन्मोत्सव हो । मोहम्मदको जन्म इस्वी सम्वत् ५७१ अप्रिल २० अर्थात् इस्लामी पात्रो हिजरी सम्वतको १२ रब्बी औव्वलमा साउदी अरबको मक्कामा भएको इस्लाम ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ।

मुस्लिम धर्मका प्रवर्तक महोम्मदको जन्म साउदीको मक्कामा भएको थियो । भने निधन पनि साउदीको मदिनामा ६३ वर्षको उमेरमा थियो । त्यसैले उनीहरु मक्का र मदिनालाई पवित्र तिर्थस्थलका रुपमा लिने गर्दछन । साथै त्यहाँ जाने चलन समेत रहेको छ ।

मोहम्मदको जन्म बुवा अब्दुल्लाह र आमा आमिनाको कोखबाट भएको थियो । उनी नै मुस्लिम धर्मको प्रवर्तकको रुपमा रहेका छन । उनलाई आज विश्वभरका मुस्लिम समुदायले विशेष रुपमा स्मरण गर्ने गर्दछन् ।

आजको दिन विश्वका विभिन्न स्थानमा छरिएर रहेका मुस्लिम समुदायहरुले महोम्मदको स्मरण गर्ने, उपदेशहरु ग्रहण गर्ने, मस्जिदमा कुरान पाठ गर्ने, सबै जना परिवारजन एक ठाउँमा जम्मा भएर मिष्ठान्न भोजन लिने, शुभकामना आदान प्रदान गर्ने गर्दछ ।

कतिपय स्थानमा महोम्मद दिवसको अवसरमा र्याली निकालेर उत्सव मनाउने प्रचलन समेत पाइन्छ । मुस्लिम समुदायको उक्त उत्सवको अवसरमा नेपालमा भने अन्य धार्मिक समुदायमा मानिसहरुले समेत आपसमा शुभकामना दिने गरेको पाइन्छ ।

नेपालमा फरक फरक धार्मिक समुदायबिच समेत आपसी सद्भाव र सहिष्णुता रहेको पाइन्छ । हाम्रो समाजमा मिलेर एक अर्काको सुख दुःखमा सहभागि हुने चलन रहेको पाइन्छ । यस्तो सद्भावको अवस्था विश्वका अन्य मुलुकमा भने मुस्किलले पाउँन सकिने बताइन्छ ।

मोहम्मद दिवसमा प्रेस सेन्टर नेपालका साथै अन्य विभिन्न संघ, संगठनहरुले, बुद्दिजीवीहरुले समेत शुभकामना ज्ञापन गरेका छन । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणका कारण यस बर्षका चाडपर्वहरु, उत्सवहरु आ आफ्नो घर परिवारमा सिमित राखेर मनाउनुपर्नेमा धेरैको सुझाव रहेको छ ।

साथै मुस्लिम समुदायले आजको दिनलाई आफ्नो महत्वपूर्ण पर्वको मनाउने भएकाले सार्वजनिक बिदा दिनुपर्ने माग विगतदेखि नै राख्दै आएका छन । तर बिदा दिने विषयमा विगतमा सरकारले सहमति गरेको भएपनि कार्यान्वयन नगरेको प्रति भने मुस्लिम समुदायका अगुवाहरु दुखेसो गर्दैआएका छन ।

मुस्लिम समुदायले उठाउँदै आएको सावैजनिक बिदाको मागलाई सरकारले कार्यान्वयन गर्नुपर्नेमा अन्य बौद्धीकक समाजको समेत समर्थन रहदैं आएको देखिन्छ । तर वर्तमान सरकारले उक्त मागलाई अहिलेसम्म पुरा भने गरेको अवस्था छैन ।

प्रेस सेन्टर नेपाल, केन्द्रीय समिति
केन्द्रीय कार्यालय, काठमडौं ।

शुभकामना वक्तव्य
इस्लाम समुदायमा १४९५ औं महोम्मद दिवसको हार्दिक शुभकामना !

हाम्रो देश बहुधर्म, बहुसंस्कार र संस्कृतिले सजिएको, अनेकतामा एकता र आपसी सद्भावले भरिएको मुलुक हो । नेपाली समाजमा एक धर्म समुदायको चाडपर्वहरुमा अर्को समुदायको शुभकामना, सद्भावको भावना रहदैं आएको छ, यो हाम्रो समाजको उच्चतम गर्वको विषय समेत हो ।

यसैबिच आज इस्लामी पात्रो हिजरी सम्वत् अनुसार इस्लाम धर्मका प्रवर्तक हजरत महोम्मदको १४९५ औं जन्मोत्सव पर्न गएको छ । आम मानवसमुदायमा कोरोना संक्रमणको क्रास फैलिरहेको वर्तमान अवस्थालाई ख्याल गर्दै उच्च स्वास्थ्य सतर्कता अपनाउदैं पर्व, उत्सवहरु मनाउँन सबैमा अनुरोध सहित उहाँको जन्मोत्सवको अवसरमा हाम्रो संगठन ‘प्रेस सेन्टर नेपाल’ आमपत्रकार, कलाकार, बुद्दिजीवी, सामाजिक अगुवाहरु र सम्पूर्ण मुस्लिम समुदायमा प्रगति, न्याय, समानता र सामाजिक सद्भाव बृद्धीको धेरै धेरै शुभकामना व्यक्त गर्दछ ।
मितिः २०७७ कार्तिक १४ गते ।

……………….
भिम बहादुर बिक
सचिव
प्रेस सेन्टर नेपाल, केन्द्रीय समिति

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot