Rashtriya Dainik

नवलपरासी (पश्चिम) कांग्रेसको कार्यवाहक सभापतिमा बिक्रम प्रसाद यादव नियुक्त

राष्ट्रिय दैनिक / नवलपरासी ,१९ साउन

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा बिक्रम प्रसाद यादवलाई नेपाली कांग्रेस जिल्ला कार्यसमितिको कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरिएको छ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले श्रावण १९, २०८३ मा जारी गरेको पत्रमार्फत जिल्ला सभापति अर्जुनकुमार पोखरेलकाे राजीनामा स्वीकृत भई सभापति पद रिक्त रहेकाले उपसभापति यादवलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको जानकारी गराएका हुन्।

पत्रमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका अनुरूप पार्टीका सांगठनिक गतिविधिलाई तीव्र बनाउने, संगठनलाई गतिशील, प्रभावकारी र नियमित रूपमा सञ्चालन गर्ने उद्देश्यले उक्त जिम्मेवारी प्रदान गरिएको उल्लेख गरिएको छ।

सभापति थापाले कार्यवाहक सभापति यादवलाई नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) तथा नियमावली, २०७६ बमोजिम पार्टीका गतिविधि सञ्चालन गर्न आग्रह गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
यस नियुक्तिसँगै जिल्लामा नेपाली कांग्रेसको संगठनात्मक गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित