बिनोद निगम / नवलपरासी , साउन १८
भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लासँग सीमा जोडिएको पश्चिम नवलपरासीबाट साउने महिनाभर भारतको इटहिया धाम बाबा भोलेनाथ मन्दिरमा दर्शन तथा जलाभिषेक गर्न जाने नेपाली श्रद्धालुको उल्लेख्य घुइँचो लागेको छ। त्यस्तै भारतका विभिन्न क्षेत्रबाट पनि भक्तजन नेपालका विश्वप्रसिद्ध पशुपतिनाथ मन्दिरसहित सीमावर्ती शिवालयहरूमा दर्शनका लागि आउने क्रम जारी छ।

विशेषगरी साउने सोमबार र महाशिवरात्रिका अवसरमा दुवै देशका हजारौँ श्रद्धालुले भगवान् शिवको पूजा–आराधना, जलाभिषेक र विशेष अनुष्ठान गर्दै सुख, शान्ति, समृद्धि तथा पारिवारिक कल्याणको कामना गर्ने गरेका छन्। सीमापार सहज आवागमनका कारण धार्मिक तीर्थयात्रा वर्षेनी बढ्दै गएको स्थानीयको भनाइ छ।

स्थानीयवासीका अनुसार नेपाल र भारतबीचको साझा धार्मिक आस्था, सांस्कृतिक निकटता र सदियौँदेखिको आध्यात्मिक सम्बन्धले सीमावर्ती क्षेत्रमा धार्मिक पर्यटनलाई समेत प्रवर्द्धन गरेको छ। श्रद्धालुको बढ्दो सहभागिताले दुवै देशबीचको आपसी सम्मान, सद्भाव, भाइचारा र सांस्कृतिक एकताको सन्देशलाई थप बलियो बनाइरहेको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

