Rashtriya Dainik

‘सुस्ताको माटो जोगाउन फेरि पनि तयार छौं’ भन्दै पुराना सुस्ताबासी पुगे आफ्नै जन्मथलो

आरपि उपाध्याय / नवलपरासी ,१९ साउन

पश्चिम नवलपरासी नारायणी पारीको सुस्तामा पुराना सुस्ता बासीहरुको एक समुहले मङ्गलबार दिउँसो अवलोकन भ्रमण गरेका छन।

२०३४ सालमा नारायणी नदीमा आएको भीषण बाढीले विस्थापित भएका पुराना सुस्ता बासीहरुलाई सोही समयदेखि त्रिवेणी क्षेत्रमा बसोबास गराइएको थियो।
तत्कालीन अवस्थाको साविक सुस्ता पञ्चायत वडा न.१ देखि वडा न.९ भूगोल रहेको पुरानो सुस्ताको पछिल्लो अवस्था बुझ्नको लागि ५० को सङ्ख्यामा पुराना सुस्ता बासीहरु झोलुङ्गे पुल तरि सुस्ता पुगेका थिए।

पुराना सुस्ता बासीहरुले सुस्ता बचाउ तथा व्यवस्थापन गर्न विनयी त्रिवेणी ६ र ७ समिति गठन गरिएको थियो। गठित समितिका संयोजकमा बुद्धि सागर उपाध्यायको १५ सदस्यीय तदर्थ समिति पनि गठन गरिएको बताइएको छ।

मङ्गलबार अपराह्न १ बजे नारायणी नदी पारीको सुस्ता पुगेका सुस्ता बासीहरुले २०३४ साल पुरानो आफ्नो बासस्थान पनि अवलोकन गरेको र उक्त जग्गा अहिले विवादित भूमि बनेको कुरा सुनाएका थिए।
सुस्ता बचाउ व्यवस्थापन समितिका संयोजक उपाध्यायले आफूहरू सुस्तामा बसोबास गर्दा भारतीयहरुले दिएको पीडा र भौतिक आक्रमण सहेर पनि सुस्ताको माटो जोगाएको इतिहास हाल पनि बोलिरहेको प्रतिक्रिया दिदै राज्यले अवसर दिए फेरि पनि आफ्नो उक्त पुरानो भूमिको रक्षा र संरक्षणको लागि तयार रहेको बताएका छन।
सुस्ता भूमि पुगेका पुराना सुस्ता बासीहरुलाई हालको समयमा सुस्तामा बसोबास गर्दै आएका सुस्ता बासीहरुले सौहाद्रता पूर्वक स्वागत पनि गरेका थिए।
नारायणी नदी पारीको सुस्ता पुगेका पुराना सुस्ता बासीहरुलाई स्थानीय सुरक्षा निकायले समुहगत रुपमा सुस्ताको तटबन्ध भइरहेको अवस्थामा नजान आग्रह गरिएको पनि जानकारीमा आएको छ।


सुस्ताको भिलोर बोट नजिक नारायणी नदीको बहाव रोक्न सुस्ता बासीहरुले युद्ध स्तरमा तटबन्ध कार्य गरिरहेको पनि सुस्ता बासीहरुले जनाएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित