सामाजिक दुरी कायम गरेर मोहम्मद डे मनाउन अध्यक्ष चाैधरीको अपिल

उमेश बि.क / नवलपरासी ,१३ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले सामाजिक दुरी कायम गरि सचेत रहेर मोहम्मद डे मनाउन अपिल गर्नुभएको छ ।

उहाँले मोहम्मद डे को अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कोभिड १९ महामारीबाट सचेत रहेर पालिका अन्तर्गतका सम्पुर्ण मदरसा तथा मस्जिदबाट माेहम्मद जयन्तीको अवसरमा निकालिने र्यालि अाफ्नै गाउँठाउँमा सुरक्षित रहि चाडपर्व मनाउन गाउँपालिका बासी संग अपिल गर्नुभएको हाे।

कोभिड १९ का कारण यो वर्ष मनाइने सबै चाडपर्वहरु प्रभावित भएको बताउदै उहाँले सचेतना, सुरक्षा र सरसफाईबाट मात्रै कोरोनालाई पराजित गर्न सकिने बताउनुभयो ।

ईस्लाम धर्मका प्रवद्र्धक पैगम्बर हजरत मोहम्मद मुस्ताफाको १४४२ औँ जन्मोत्सव शुक्रबार कात्तिक १४ गते हर्षाेल्लासका साथ मनाईँदैछ ।

जयन्तीको खुशीयालीमा मुस्लिम समुदायले र्याली तथा विभिन्न धार्मिक कार्यक्रम गर्दै आएका छन् । विगतमा सार्वजनिक रुपमा कार्यक्रम गरी मनाएपनि यस वर्ष भने घरमै पर्व मनाउन अध्यक्ष चाैधरीले आह्वान गर्नुभएको हाे ।

इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअब्बल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट हजरत मोहम्मदको जन्म भएको दिनको सम्झनामा जन्म जयन्ती मनाउने गरिन्छ । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot