रन्जीत शर्मा/ नवलपरासी/ १३ कार्तिक पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा नं. २ मुडेरामा आयोजित प्रो मुडेरा कब्बडी प्रतियोगिताको प्रथम उपाधी पाल्पालि मेडिकल गोपिगन्जले हात परेको छ । लायन्स युवा क्लब पाल्हिनन्दन-२ मुडेराको आयोजनामा ४ दिन सम्म संचालित प्रतियोगितामा २५ टिमको सहभागीता रहेको थियो । बिहीबार एक कार्यक्रम बीच पुरस्कार वितरण समेत गरिएको छ । कपर्दी प्रतियोगिता समितीका अध्यक्ष हरिराम सहानीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य एव पुर्ब गृहराज्यमन्त्री देवेन्द्रराज कंडेलको प्रमुख अातिथ्यता तथा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवालको बिशिस्ट अातिथ्यता तथा पाल्हिनन्दन गाउपालिका वडा नं. २ का वडा अध्यक्ष रामनगिना सिंहकाे अातिथ्यतामा सम्पन्न भएको छ । प्रतियोगितामा प्रथम हुने पाल्पालि मेडिकल गोपिगन्जलाइ बोका र मेडल तथा दोस्रो स्थान प्राप्त गर्ने आयोजक द लायन्स युवा क्लब मुडेरालाइ ७ किलाे कुखुरा र मेडल तथा तेस्रो स्थान प्राप्त गर्ने हाम्रो फुलवरिया-बि टिमलाई ५ किलो कुखुरा र मेडम पुरस्कार स्वरुप प्रदान गरिएको आयोजकले जनाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।