Rashtriya Dainik

भन्सार छली भारतबाट ल्याइएको २७ क्विन्टल बढी तोरी प्रहरीको नियन्त्रणमा

संजय कुशवाहा / नवलपरासी, असोज ३

पश्चिम नवलपरासीमा भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याएर भण्डारण गरिएको ठूलो परिमाणको तोरी प्रहरीले बरामद गरेको छ

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार सनिवार दिउँसो पाल्हीनन्दन गाउँपालिका वडा नं.२ महेशपुरस्थित सामान राख्नका लागि बनाइएको टहरामा भारतबाट भन्सार छली अवैध रूपमा भण्डारण गरी राखिएको २७ क्विन्टल ८६ किलो तोरी बरामद गरिएको हो ।

बरामद गरिएको तोरीको अनुमानित मूल्य ४ लाख ७३ हजार ६ सय २० रूपैयाँ रहेको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय नवलपरासी र ईलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले तोरी बरामद गरी आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित