Rashtriya Dainik

पर्साका एमाले नेता जालिम मियाँका छाेरा नासिर वीरगन्जबाट पक्राउ

राजन कुमार बानिया /पर्सा, ३ असोज

नेकपा एमालेका नेता एवं पर्साकाे जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका जेठा छोरा नासिर अहमदलाई प्रहरीले पक्राउ गरेको छ ।
ज्यानसम्बन्धी कसुर तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा जगरनाथपुर गाउँपालिका-५ घर भइ हाल वीरगन्ज महानगरपालिका-१३ मुर्लीमा बस्दै आएका ४६ वर्षीय
नासिरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
प्रहरीका अनुसार नासिरलाई शुक्रबार साँझ वीरगन्ज महानगरपालिका–१३ मुर्लीबाट पक्राउ गरिएको हो । उनीमाथि आफ्नै भाई जाफिर अहमदकअं जगरनाथपुर-४ घर भएकी सालीको हत्या गरेको आरोप रहेको प्रहरीले जनाएको छ ।
२०७८ साल असाेज २१ गते जालिमका कान्छा छाेरा जाफिर अहमदकी सालीको शव प्रहरीलाई खबर नै नगरी वीरगन्ज-१३ मुर्लीकाे कब्रस्तान (शमशान घाट)मा दफन गर्ने (गाड्ने) क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो ।शव गाड्ने क्रममा नासिर,जाफिर लगायतका व्याक्तिहरु पनि संलग्न रहेकाे आराेप थियाे।त्यसबेला जाफिरकी अविवाहित सालीकाे जबर्जस्ती करणी गरिएपछि अत्याधिक रक्तश्राव भएर सिकिस्त भएपछि गाउँकै क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको थियाे।त्यसपछि उनकाे शव वीरगन्जको मुर्लीमा ल्याएर गुपचुप रुपमा कब्रस्तानमा गाड्ने प्रयास गरिएको थियाे।
उक्त घटनामा अनुसन्धान अघि बढाउँदै आएको प्रहरीले हत्या आरोपमा करिब पाँच वर्षपछि अहिले नासिरलाई पक्राउ गरेको हो ।
५ वर्ष अघि जालिमकाे राजनीतिक पहुँचको आधारमा प्रहरीले उक्त मुद्दाकाे अनुसन्धान अगाडि नबढाएको आरोप लागेको थियो । प्रहरीले ५ बर्षपछि अहिले आएर मुद्दाको अनुसन्धान अगाडी बढाएकाे हाे।उक्त घटनामा संलगन अन्य आरोपित व्याक्तिहरु फरार रहेको र उनिहरुकाे पनि खाेजी भइरहेको प्रहरीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित