Rashtriya Dainik

धार्मिक अन्तरक्रिया सहित भजन किर्तन सहित झाकी प्रदर्शन

राष्ट्रिय दैनिक / नवलपरासी ,३ असाेज

श्री कृष्ण प्रणामी सेवा समिति त्रिवेणी धाम नवलपुरको आयोजनामा राधा अष्टमीको अवसर पारेर धार्मिक अन्तरक्रिया सहित भजन किर्तन सहित झाकी प्रदर्शन गरिएको छ।
कृष्ण प्रणामी सेवा समिति त्रिवेणीका अध्यक्ष भिम कोइरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

सो अवसरमा मन्दिरका महन्त चिरञ्जीवी दासले हिन्दु धर्मको रक्षाको लागि सम्पुर्ण हिन्दु धर्मावलम्बीहरु एक हुनुपर्ने बताउदै राधाकृष्ण अष्टमी पर्वले सम्पुर्ण मानव जातिको कल्याण हुने जिकिर गर्नुभयो।

कार्यक्रममा मन्दिर समितिका सल्लाहकार आर.पि.उपाध्यायले कार्यक्रमको लक्ष्य,उद्देश्य माथि प्रकाश पार्दै मन्दिरको स्वामित्वमा रहेको चलअचल सम्पत्ति पुर्ण रूपमा पारदर्शी हुनुपर्ने धारणा राख्दै उहाँले श्री राधाकृष्ण भगवानको प्रेम,सद्भाव र आदर्श हालको समयमा पनि सान्दर्भिक रहेको बताउनु भएको थियो।
कार्यक्रममा मन्दिर समितिका कोषाध्यक्ष कृष्ण घिमिरेले उपस्थित सबै साधुसन्त र भक्तजनलाई स्वागत गर्दै मन्दिरले गरेको आर्थिक क्रियाकलाप बारे जानकारी गराउनु भएको मन्दिर समितिका सचिव जयराम यादवले जानकारी दिनुभयो ।

सो अवसरमा गोरखदल गण परासी अन्तर्गत त्रिवेणी सुरक्षा बेस तथा स्थानीय साधुसन्त र मन्दिर समितिका पदाधिकारीहरुले मन्दिर वरिपरि रहेका झारपात,बुट्यान सफाइ कार्यक्रम गरिएको पनि जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित