अनिल बनिया / नवलपरासी ,३ असोज
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित एस मोडको जंगलबाट सशस्त्र प्रहरीले करिब ८० लाख ३० हजार २ सय रुपैयाँ मूल्यका मोबाइल पार्ट्स तथा इलेक्ट्रोनिक सामग्री बरामद गरेको छ।
विशेष सूचनाका आधारमा सुरक्षा बेस सेमरीबाट सशस्त्र प्रहरी निरीक्षक जगन्नाथ पौडेलको कमाण्डमा खटिएको टोलीले जंगलको झाडीमा लुकाइराखिएको अवस्थामा मोबाइल पार्ट्स, ब्याट्री, टेम्पर्ड ग्लास, एयरबड, स्मार्टवाच र स्पिकरलगायत सामग्री बरामद गरेको हो।
बरामद सामग्री आवश्यक प्रक्रिया पूरा गरी महेशपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण का सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक मनोज गुरुङले जानकारी दिए
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

