Rashtriya Dainik

नवलपरासीमा भदौ महिनामा ४४ मुद्दा दर्ता, २६६ उजुरी फर्छ्योट

राष्ट्रिय दैनिक / नवलपरासी ,३ असाेज

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले भदौ महिनामा विभिन्न प्रकृतिका ४४ वटा मुद्दा दर्ता भएको जनाएको छ। प्रहरीका अनुसार तीमध्ये ज्यानसम्बन्धी ६, आत्महत्यासम्बन्धी ८, चोरी २, संगठित तथा आर्थिक अपराध १०, सामाजिक अपराध ४, महिला तथा बालबालिकासम्बन्धी ५, सवारीसम्बन्धी २ र विविध १२ वटा मुद्दा छन्।

प्रहरीका अनुसार भदौ महिनामा २१ जना पुरुष पक्राउ परेका छन्, जसमा एक जना भारतीय नागरिकसमेत छन्। त्यस्तै चालु मुद्दाका प्रतिवादीतर्फ २२ जना पक्राउ गरिएको उल्लेख छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ ५३ वटा उजुरी परेकोमा सबै उजुरीको तथ्यांक विश्लेषण गरिएको प्रहरीको विवरणमा उल्लेख छ। घरेलु हिंसाका ४७ वटा उजुरी परेकोमा ४२ वटा मिलापत्र गरिएको, एक मुद्दा अदालत पठाइएको र चारवटा प्रक्रियामा रहेको जनाइएको छ।

यस्तै, प्रहरी कार्यालयमा प्रत्यक्ष रूपमा २६६ वटा उजुरी परेकोमा सबै फर्छ्योट गरिएको तथा जिल्ला प्रशासन कार्यालयमार्फत आएका २२ वटा उजुरी पनि सबै फर्छ्योट गरिएको विवरणमा उल्लेख छ।

भदौ महिनामा लागूऔषधसम्बन्धी ८ वटा मुद्दा दर्ता भएको र १२ जना पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ परेकाबाट डाइजेपाम, फेनारगन, नुफिन, स्पास्मो, नाइट्रोजेपाम, गाँजा र खैरो हेरोइन लगायतका पदार्थ बरामद गरिएको विवरणमा उल्लेख छ।

सवारी दुर्घटनातर्फ भदौमा २७ वटा दुर्घटना भएका छन्। दुर्घटनामा २ जनाको मृत्यु, ५७ जना घाइते भएको तथा ५७ जनालाई प्रहरीले उद्धार गरेको जनाएको छ। ट्राफिक कारबाहीबाट ५२९ वटा कारबाही गरी राजस्व दाखिला गरिएको विवरणमा उल्लेख छ।

प्रहरीले अपराध न्यूनीकरणका लागि गस्ती, जनचेतनामूलक कार्यक्रम, विद्यालय तथा समुदाय केन्द्रित कार्यक्रम, सीमा क्षेत्रमा निगरानी र फरार प्रतिवादी पक्राउलगायतका गतिविधि सञ्चालन गरेको जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित