नन्दु यादव कार्तिक १३नवलपरासी पश्चिम नवलपरासी मा सशस्त्र प्रहरीले कडा निगरानी गरेकाे छ । सिमासग जाेडिएकाे याे जिल्लामा खुल्ला नाका रहेकाेले चुनाैति सामाना गर्दै कडारुपले प्रहरी लागि परेकाे छ।कडा प्रस्तुतिले यश क्षेत्रमा रहेका तस्करहरुकाे भागाभाग अवस्था अाएकाे बुझिएकाे छ ।निगरानी बढाएसगै जिल्लाकाे विभिन्न क्षेत्रबाट धमाधम सामानहरु पक्राउ पर्न थालेका छन। यसै गरि सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. पश्चिम नवलपरासीबाट खटिएको मोबाईल टोलीले बिभिन्न स्थानमा ब्यबारिसे अवस्थामा रहेको मोबाईल पार्टस¸ मोटर पार्टस र लत्ताकपडा लगायतका अबैध सामानहरु बरामद गरि आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएकाेे सुचना अधिकारी राेेेशन घिमिरे ले जानकारी दिनु भयाे । उक्त सामानको मुल्य रु १,२०,२५०. बराबर रहेकाे बताईएकाे छ ।केही दिन अगाडि मात्र सशस्त्र प्रहरी बल नेपाल न २६गण हे.क्वा.पश्चिम नवलपरासी मा सरुवा भई अाउनु भएका गणपति महेश अधिकारीले कडा रुपमा प्रस्तुत हुदा तस्करीमा कमि अाएकाे छ ।वहाले जिल्ला मातहत रहेका सबै युनिट लाई कडा रुपमा निर्देशन दिएर तस्करी राेक्न लागि परेपछि तस्करि घटदै गईरहेकाे हाे ।जिल्ला मा शान्ति सुरक्षा चुस्त दुरुुस्त बनाएर अगाडि बढने लक्ष्य रहकाे अधिकारी ले बताउनु भयाे । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।