Rashtriya Dainik

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी, ७३ जिल्लामा सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी ,५ असाेज

नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत जारी वडा अधिवेशन सोमबार पनि जारी रहने भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी रहेका जिल्लाका वडाहरूमा आज प्रक्रिया अघि बढाइनेछ। गत असोज १ गतेदेखि सुरु भएको वडा अधिवेशन आइतबारसम्म ७३ जिल्लाका ६ हजार १३२ वटा वडामा शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेको छ।

बाढी र पहिरोका कारण स्थगित भएका रसुवा, नुवाकोट र धादिङ जिल्लाबाहेक सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङ क्षेत्र नम्बर ६, रौतहट क्षेत्र नम्बर १, सर्लाही क्षेत्र नम्बर २ तथा पश्चिम नवलपरासी क्षेत्र नम्बर २ का बाँकी वडाहरूमा आज अधिवेशन हुन लागेको निर्वाचन समितिले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित