राजन कुमार बानिया /पर्सा, ५ असाेज
पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ बाट प्रहरीले २ राउन्ड हवाई फायर गर्दै लागुूओैषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
आइतबार राति करिब १० बजे पटेर्वासुगौली गाउँपालिका–१ स्थित मलाही टोलमा अवैध गाँजाको कारोबार भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो।
प्रहरी टोली पुगेपछि गाँजा कारोबारीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले २ राउन्ड हवाई फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
पक्राउ पर्नेमा स्थानीय नन्दलाल सहनी, महेश सहनी र भुटी सहनी रहेका छन्। उनीहरूका साथबाट प्रहरीले करिब ३३ किलो गाँजा बरामद गरेको मल्लले जानकारी दिए।
पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी लागूऔषध कारोबार सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

