Rashtriya Dainik

ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु, १३ घाइते

राष्ट्रिय दैनिक / ढाका ,५ असाेज

बंगलादेशको राजधानी ढाकाको बाहिरी क्षेत्रमा पर्ने आशुलियामा ग्यास सिलिन्डर विस्फोटपछि भएको भीषण आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

आइतबार राति एक कारखाना परिसरमा पार्किङ गरिएका केही कभर भ्यानमा आगलागी भएको थियो । आशुलिया प्रहरी कार्यालयका प्रमुख मोहम्मद तारिकुल इस्लामका अनुसार कभर भ्यानबाट ग्यास सिलिन्डर झार्ने क्रममा स्थानीय समयअनुसार साँझ करिब ७ बजे विस्फोट भएको हो ।

विस्फोटपछि लागेको आगलागीमा कभर भ्यानभित्रबाट पाँच जनाको शव निकालिएको प्रहरीले जनाएको छ । त्यस्तै, एक जनाको नजिकैको पसलमा मृत्यु भएको थियो । घटनामा सुरुमा १४ जना घाइते भएका थिए । तीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या सात पुगेको हो ।

प्रहरीका अनुसार आगलागी राति करिब ८ बजे नियन्त्रणमा लिइएको थियो भने राति १० बजेसम्ममा पूर्ण रूपमा निभाइएको थियो । उद्धार तथा खोजी कार्य राति ११ बजेर ४२ मिनेटमा सम्पन्न भएको जनाइएको छ ।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित