माओवादी केन्द्रद्धारा ललितपुरमा शुभकामना आदान–प्रदान तथा भेला सम्पन्न

माओवादी केन्द्रद्धारा ललितपुरमा शुभकामना आदान–प्रदान तथा भेला सम्पन्नः धोविधाट–सानेपा एरिया सम्पर्क समिति गठन

शोभित लोहारको अध्यक्षतामा १७ समिति निर्वाचित

१३ कार्तिक, ललितपुर । नेपालीहरुको महान पर्व दशैं, तिहार, छठ, नेपाल संम्बत लगाएतका पर्वहरुको अवसरमा नेकपा (माओवादी केन्द्र) को दुई नम्बर प्रदेश समिति अन्तर्गत सम्पर्क मञ्चले शुभकामना आदान–प्रदान तथा भेला सम्पन्न कार्यक्रम सम्पन्न गरेको छ ।

माओवादी केन्द्रको सम्पर्क मञ्चद्धारा आयोजित उक्त कार्यक्रम काठमाडौं उपत्यककाको ललितपुर सानेपास्थित एक स्कुलको हलमा आज सम्पन्न भएको हो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) पोलिटव्यूरो सदस्य लोकराज जैसीको प्रमुख आतिथ्यता रहेको थियो ।

माओवादी केन्द्रको दुई नम्बर प्रदेश समिति अध्यक्ष बब्लुसिंह ठाकुरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन पार्टीका केन्द्रीय सदस्य रोशन रानाले गरेका थिए । कार्यक्रममा भारतीय कम्युनिष्ट पार्टीका सदस्य समेत रहेका पुराना कम्युनिष्ट नेता मोहिना प्रसाद जैशवालको समेत आतिथ्यता रहेको थियो

चाडपर्वको अवसरमा गाउँघरमा जान नसकि काठमाडौं उपत्यककामा रहेका, मुख्यत प्रदेश दुईका विभिन्न जिल्लाका स्थानीयवासीहरुको उक्त कार्यक्रममा बाक्लो सहभागिता रहेको थियो ।

कार्यक्रमा शुभकामना आदान प्रदान लगत्तै माओवादी केन्द्र निकट धोविधाट–सानेपा क्षेत्रमा रहेका प्रदेश दुईका स्थानीयहरुलाई जोडेर १७ सदस्यीय सम्पर्क समिति समेत गठन गरिएको छ । सर्लाहीका शोभित बहादुर लोहारको अध्यक्षतामा उक्त कमिटी निर्वाचित भएको हो ।

निर्वाचित एरिया सम्पर्क समितिको उपाध्यक्षमा बाराका छोटेलाल शाह, सचिवमा रौतहटका नवराज आचार्य, कोषाध्यक्षमा रामस्वारत ठाकुर र सदस्यहरुमा धर्मेन्द्र शर्मा, जमाहिल गुप्ता, नरेश ठाकुर, मन्तार मन्सुर, रामबचन स्वार, सन्तोष कुशवाह, रमेश कुमार महतो लगाएत रहेका छन ।

उक्त कमिटीको सदस्यमा रबि जैशवाल, मितेश कुमार, राजेश महतो, प्रमोद ठाकुर, हरी ठाकुर, लालबाबु यादव लगाएत समेत निर्वाचित रहेका छन । निर्वाचित समितिले प्रदेश दुईका विभिन्न जिल्लाबाट राजधानीमा रहेका सबैलाई जोड्दै संगठन विस्तार गर्ने, आपसी पर्वहरु मिलेर मनाउने, आपसी सर सहयोगमा ध्यान दिने लगाएतका काम गर्ने योजना समेत बनाएको छ ।

निर्वाचित कमिर्टीलाई अभिनन्दन तथा माओवादी आन्दोलनमा स्वागत गर्दै माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य लोकेश, दुई नम्बर प्रदेश अध्यक्ष बब्लुसिंह, केन्द्रीय सदस्य रोशन राना लगाएतले टीकाद्धारा सम्मान गरेका थिए ।

विभिन्न काम, रोजगारको लागि विभिन्न जिल्लाबाट राजधानी आएका मानिसहरु कोरोना संक्रमणको कारण गाउँघर जान नसकेको अवस्थामा उक्त शुभकामना तथा भेलाले पारिवारीक, सामाजिक मेलमिलापको अनुभूति गराएको सहभागिहरुले बताएका थिए ।

विभिन्न काम, उद्देश्यले राजधानीमा केन्द्रीत हुन पुगेका नागरिकहरु आपसि भेटघाट, छलफल, सहयोग आदान–प्रदान र अधिकार प्राप्तीको संघर्षको लागि सम्पर्क समिति मार्फत जोडिर्दै मुलुकको सामाजिक तथा राजनीतिक रुपमान्तरणको प्रकृयामा योगदान गर्न सकिने कुरा कार्यक्रममा वक्ता र सहभागिहरुले राखेका थिए ।

उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्दै भारतीय कम्युनिष्ट पार्टीका सदस्य समेत रहेका मोहिना जैशवालले विश्वभरका मानवसमुदायको न्याय र मुक्तिको लागि कम्युनिष्ट पार्टीले जनताको न्यायपूर्ण आन्दोलनको नेतृत्व गर्दै आएको भन्दै माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा सहभागि हुन पाउँदा खुशी लागेको बताए ।

उक्त कार्यक्रमा आफ्नो कुराहरु राख्दै माओवादी केन्द्रका नेता रोशन रानाले सरकारी नेकपाको जनतामारा नीतिका विरुद्ध माओवादी केन्द्रले व्यापक भण्डाफो सहित जनअधिकारको पक्षमा निर्णायक आन्दोलनको तयारी गरिरहेको बताए ।

उनले माओवादी केन्द्रले आम श्रमजीवी तथा सर्वहारावर्गिय जनताको मुद्दा बोकेको भन्दै सम्पूर्ण उत्पीडित, उपेक्षीत र शोषित, पीडित नागरिकहरु माओवादी केन्द्रको योजना र कार्यक्रममा जोडिदै जानुपर्ने धारणा राखे ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको आशनबाट शुभकामना तथा प्रशिक्षणात्मक मन्तव्य राख्दै माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य लोकराज जैसी लोकेशले वर्तमान ओली–प्रचण्डको सरकार दलाल संसदवादको रक्षा कवजका रुपमा रहेको र त्यसले आम नागरिकमाथि अन्याय, अत्याचार, अपमान गरिरहेको आरोप लगाए ।

जैसीले भने–‘हाम्रो पार्टीले जनयुद्धको प्रकृयामा उठाएका मुद्दाहरु, जनतासँग गरेका प्रतिवद्धताहरु सबै बिर्सेर तत्कालिन नेताहरु दलाल सत्ताँको चाकडी गर्दै मालिक बन्न तयार भए । पछिल्लो समयसम्म पुग्दा आधारभूत विचार राजनीतिको बाटो छाड्दै, माओवादी आन्दोलनको हत्या उद्योग चलाउँदै एमालेकरणमा विलिन हुन पुगे । अहिले मुलुकमा कम्युनिष्ट सरकारको नाममा जनतामा भ्रम छर्ने काम गरिएको छ, यो कमाउनिष्ट सरकार हो, दलाल, माफिया, अपराधी र राष्ट्रघातीहरुको साटगाठ भएको सरकार हो, यसमा हामी स्पष्ट हुन जरुरी छ ।’

उनले आफ्नो पार्टीले सर्वहारा वर्गको राज्यसत्ताँ प्राप्तीको लागि जनयुद्धका उपलब्धीहरुको रक्षासहित बाँकी कार्यभारको तयारीमा ध्यान दिएको बताए । महान जनविद्रोहको तयारी र आन्तरिक वैचारिक, राजनीतिक तथा संगठनात्मक विस्तारमा अहिले माओवादी केन्द्र जुटेको बताए ।

उनले पुरानो सत्ताँ र व्यवस्था रहेसम्म जनताको आधारभूत समस्याको समाधान गर्न नसकिने तर्क गर्दै अहिले देखिएको राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका समस्याहरुको मुख्य कारण दलाल संसदीय व्यवस्था नै भएको ठोकुवा गरे । उनले जनअधिकारको लागि संसदीय व्यवस्थाका विरुद्ध सशक्त आन्दोलनको अनिवार्यतामा जोड दिएका थिए ।

नेता जैसीले नेपाल बहुभाषिक, बहुसांस्कृति र परम्पराले भरिएको, अनेकतामा एकताको प्रतिनिधित्व गर्ने, सामाजिक सद्भाव, सहिष्णुताले सजिएको सार्वभौम राष्ट्र भएको भन्दै एक समुदायले मनाउने पर्वहरुमा अर्को समुदायको सम्मान र सद्भाव बढाउँदै अघि बढ्नुले हामीभित्रको एकतालाई सेवा गर्ने बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot