नवलपरासी : नवलपरासीमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार रामग्राम नगरपालिका वडा नं. ३ का ५० वर्षीय पुरुषको होमआइसोलेशनमा मृत्यु भएको हो । साथै वडा नं.४ का ४५ वर्षीय पुरुषको पृथ्वीचन्द्र अस्पतालमा मृत्यु भएको छ ।

यसैगरी पाल्हिनन्दन गाउँपालिका वडा नं. ६ का ४० वर्षीय पुरुषको पृथ्वीचन्द्र अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८९ पुगेको छ । त्यसैगरी पीसीआर परीक्षणबाट ३१ र एन्टिजिनबाट ३५ जना गरी ६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
रामग्राम नगरपालिकामा ४ जना सुनवल नगरपालिकामा १० जना, बर्दघाट नगरपालिकामा ४१ जना, सरावल गाउँपालिकामा २ जना, प्रतापपुर गाउँपालिकामा ७ जना सुस्ता गाउँपालिकामा १ जना र पाल्हिनन्दन गाउँपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १२ सय ४४ रहेको छ भने १६ सय ३६ जना कोरोना संक्रमित निको भएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

