Rashtriya Dainik

वि.पि.को विचार र सिद्धान्तलाई व्यवहारमा लागू गर्नु नै सच्चा श्रद्धाञ्जली : सभापति जि.सी.

आरपी उपध्याय / नवलपरासी

नेपाली काङ्ग्रेसका संस्थापक नेता वि.पि. कोइरालाको ११३ औं जयन्ती एक कार्यक्रमका साथ कावासोतिमा सम्पन्न भएको छ।
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति नवलपुरको आयोजनामा वि.पि. जयन्ती सहित विचार गोष्ठी कावासोती स्थित वि.पि. स्मृति भवनमा मनाइएको हो।
नेपाली काङ्ग्रेस नवलपुरका सभापति महेन्द्रध्वज जि.सी. को अध्यक्षतामा वि.पि. जयन्ती सहित विचार गोष्ठी सहितको कार्यक्रम गरिएको थियो।
सो अवसरमा सभापति जि.सी.ले वि.पि. कोइराला भौतिक रुपमा नरहे पनि वि.पि. को आदर्श,विचार र सिद्धान्त वर्तमान समयमा निकै सान्दर्भिक बन्दै गएको बताउदै जि.सी.ले वि.पि. को प्रेरणाबाट नै हामी सबै नेपाली काङ्ग्रेसको छहारीमा बसेको धारणा राख्नुभयो।
सभापति जि.सी. ले जननायक वि.पि. कोइरालाले गर्नुभएको भविष्यवाणीहरु हालको समयमा सत्य साबित हुँदै गएको जिकिर गर्दै नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताले वि.पि. को विचार,आदर्शको कुरा गर्ने तर व्यवहारिक जीवनमा लागू नगर्ने प्रवृत्तिलाई अन्त्य गर्दै वि.पि. को नीति, सिद्धान्तलाई इमानदारीपूर्वक लाग्नु नै वि.पि. प्रती सच्चा श्रद्धाञ्जली हुने धारणा राख्नुभयो।
कार्यक्रममा नेपाली काङ्ग्रेसका उपसभापति चन्द्र बहादुर रानाले २००७ सालको जनक्रान्तिमा वि.पि. को योगदान उच्च रहेको हुँदा उहाँलाई क्रान्तिकारी नेता पनि भन्ने गरिएको बताउदै समाजवादको व्याख्या र समाजवादी चिन्तनलाई सरल र सहज रुपमा प्रतिपादन गर्नुभएकोले वि.पि. कोइरालालाई समाजवादी नेता भन्ने गरिएको विचार व्यक्त गर्नुभएको थियो।
सो अवसरमा महासमिति सदस्य, महाअधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति सदस्य र भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको पनि कार्यक्रममा उपस्थिति रहेको कार्यालय सचिव गोपाल बास्ताकोटीले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित