काठमाडौँ,२५ भदौ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । उनले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ ।
मन्त्री यादवले बिहीबार नै ग्यास उद्योगीहरूलाई लक्षित गर्दै ‘पाता कस्नुपर्ने’ भन्दै दिएको अभिव्यक्ति विवादमा परेको थियो । उक्त अभिव्यक्तिप्रति उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रबाट समेत आपत्ति जनाइएको थियो ।
विवादित अभिव्यक्ति सार्वजनिक भएको केही समयमै मन्त्री यादवले राजीनामा बुझाएकी हुन् ।
यादवले चैत २७ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका रूपमा शपथ लिएकी थिइन् । उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् ।
मन्त्री यादवको राजीनामासँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आगामी नेतृत्वबारे राजनीतिक वृत्तमा चासो बढेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

