Rashtriya Dainik

लिग्जा कलेजको अध्यक्षमा गोपाल पाण्डे पुनः निर्वाचित

तुलसीराम पौडेल / रुपन्देही ,भाद्र २५

रुपन्देहीको सियारी गाउँपालिका-४ छपियास्थित लिलाधर घिमिरे छपिया जनता कलेज( लिग्जा)को संचालक समितिको अध्यक्षमा गोपाल पाण्डे पुनः सर्वसम्मत निर्वाचित हुनुभएको छ।

कलेजको हालै सम्पन्न १२औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले पाण्डेलाई सर्वसम्मत रूपमा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो।

अधिवेशनबाट समितिका सदस्यहरुमा पनि सर्वसम्मत चयन भएका छन्। निर्वाचित सदस्यहरुमा हरि बहादुर थापा, नन्दलाल यादव, ज्ञानदेवी थापा, गोपाल पोख्रेल, तेजप्रसाद खरेल, विश्वम्भर यादव, लेखनाथ भुसाल, कोपिला अधिकारी र रमेश विश्वकर्मा रहनुभएको छ।

त्यसैगरी समितिको पदेन सदस्यहरुमा सियारी गाउँपालिका वडा नं. ४ का अध्यक्ष श्रीराम यादव अहिर, प्राध्यापक संघ सभापति केशवराज पौड्याल, स्ववियु सभापति आशिष जैसवाल र सदस्य सचिवमा कलेज प्रमुख  लोक शर्मा बस्याल रहनुभएको छ।

अधिवेशनले लेखा समिति पनि गठन गरेको छ। लेखा समिति संयोजकमा बिक्रम जैसवाल र सदस्यहरुमा यमलाल आचार्य तथा राम अचल यादव सर्वसम्मत चयन हुनुभएको छ।

नवनिर्वाचित संचालक समिति र लेखा समितिका पदाधिकारीहरुलाई बिहीबार कलेज परिसरमा आयोजित विशेष कार्यक्रमकाबीच पदभार ग्रहण तथा शपथ ग्रहण गराइएको छ।

कार्यक्रममा बोल्ने वक्ताहरुले कलेजको शैक्षिक गुणस्तर वृद्धि, भौतिक पूर्वाधार विकास र विद्यार्थी हितमा नयाँ कार्यसमितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमको संचालन कलेजका बाणिज्य संकाय प्रमुख इन्द्र प्रसाद तिवारीले गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित