Rashtriya Dainik

राजविराजमा अस्पतालले भर्ना नलिएपछि फुटपाथमै बच्चा जन्माइन् बबिताले

सप्तरी ,२५ भदौ

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचारका लागि पुगेकी बबिता पासवानले अस्पतालले भर्ना नलिएपछि फुटपाथमै बच्चा जन्माएको घटना सार्वजनिक भएको छ।

बबिताका अनुसार अस्पतालले अल्ट्रासाउन्ड तथा रगत–पिसाब परीक्षणका लागि करिब २ हजार ५०० रुपैयाँ लाग्ने बताएपछि आफूले पैसा नभएको जानकारी गराएकी थिइन्। जाँच नगरी भर्ना गर्न नमिल्ने भन्दै बाहिर पठाइएको उनको दाबी छ।

त्यसपछि अस्पतालबाहिरै प्रसव पीडा बढेपछि उनले फुटपाथमा छोरालाई जन्म दिइन्। घटनाको सीसीटीभी भिडियो सार्वजनिक भएपछि अस्पतालको सेवा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ।

अस्पतालले भने बबिता राति अस्पताल आएर ल्याबतर्फ गएको र त्यहाँबाट बाहिरिएको दाबी गरेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले घटनाबारे छानबिन समिति गठन गर्ने बताएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित