Rashtriya Dainik

भोटेकोशी बाढीपीडितका लागि ग्लोबल एकेडेमीद्वारा राहत सहयोग हस्तान्तरण

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, २५ भदौ — भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनाका लागि ग्लोबल एकेडेमी, बर्दघाट–१०, पश्चिम नवलपरासीले रु. ७५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ।
विद्यालयका विद्यार्थी, शिक्षक–शिक्षिका, अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारको संयुक्त पहल र सद्भावबाट सो रकम संकलन गरिएको हो । पीडित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै संकलित उक्त सहयोग रकम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ।
आपत्‌को यस घडीमा विद्यालय परिवारले सामाजिक उत्तरदायित्व बहन गर्दै गरेको यस किसिमको सहयोगले बाढी प्रभावितहरूको पुनःस्थापनामा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित