Rashtriya Dainik

भाेलि सरावल गाउँपालिकामा सार्वजनिक विदा, अध्यक्ष चाैधरीद्वारा ईदुल – फित्रको शुभकामना

उमेश बि.क / नवलपरासी ,३० बैशाख

पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले ईदुल – फित्र (इद) काे अवसरमा देशविदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
    
उनले बिहीबार एक शुभकामना सन्देश जारी गर्दै विभिन्न जातजाति, भाषाभाषी, धर्म र संस्कृति रहेको नेपालमा यस पर्वले एकापसमा सद्भाव, मेलमिलाप र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकताको भावना मजबुत बनाउनुका साथै आर्थिक रूपमा समृद्ध नयाँ नेपाल निर्माणको अभियानमासमेत योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । 


साथै काेराेना भाइरसकाे मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड पालना गरि पर्व मनाउन हार्दिक अनुरोध समेत गर्नुभएको हाे। र वडा कार्यालय, पालिका भित्रका कार्यालय शैक्षिक संस्था ,स्वास्थ्य संस्था ३१ गतेकालागि सार्वजनिक विदा गरिएको जानकारी गराउदै चाडपर्व स्वास्थ्य सतर्कता अपनाई अनावश्यक भिडभाड नगरी ईदुल – फित्र (इद) घरमै मनाउन समेत अनुरोध गर्नुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित