Rashtriya Dainik

काेराेनाबाट बच्नकाे लागि याेग अभ्यास

महेश यादव / नवलपरासी / ३० बैशाख

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ मा नयाँ भेेरियन्ट सहितको कोरोनाबाट बच्न र शारीरिक समस्या समाधान गर्नकाे लागि याेग अभ्यास सुरु भएको छ ।

जनविकास किशोर किशोरी सञ्जालकाे अायाेजना तथा एबिसि नेपाल ,स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोगमा काेराेना भाईरसबाट बच्न र शारीरिक समस्या समाधान गर्नकाे लागि याेग अभ्यास सरु भएको हाे ।

सञ्जालका अध्यक्ष महेश यादवकाे अध्यक्षतामा नयाँ भेेरियन्ट सहितको कोरोनाबाट बच्न र शारीरिक समस्या समाधान गर्नकाे लागि याेग अभ्यास कार्यक्रम सुरु गरिएको हाे।

सञ्जालका अध्यक्ष यादवले दोस्रो चरणको नयाँ भेरियन्ट सहितको कोरोना भाईरसले गर्दा संक्रमित हुनेकाे संख्या संगै मृत्यु दर पनि बढ्दै गएको छ । त्यसकारण काेराेना भाईरसकाे संक्रमणबाट अाफु पनि बच्न र समुदायमा भएको अन्य ब्यक्तिहरुलाई पनि बचाउनकाे लागि याेग अभ्यास कार्यक्रम सुरु गरिएको बताउनु भएको हाे । सञ्जालमा रहेको किशोर किशोरीहरुकाे सकृय सहभागीता र एबिसि नेपालकाे सहयोगमा विभिन्न स्वास्थ्य सामाग्री प्रयाेग गरि र स्वास्थ्य मापदण्डकाे पालना गर्दै सामाजिक दुरि कायम गरि हरेक टोल टोलमा काेराेनाबाट बच्न र शारीरिक समस्या समाधान गर्न र गराउनकाे लागि याेग अभ्यास सुरु गरिएको हाे ।

समुदायमा काेराेनाकाे संक्रमणबाट किशोर किशोरी तथा तिनका अभिभावकहरुलाई माक्स लगाउन , सेनिटाईजर प्रयाेग गर्न , समाजिक दुरि कायम गर्न र स्वास्थ्य मापदण्ड पालना गर्न सिकाउनु का साथै स्वास्थ्य समाग्री समेत दिदै गरेको बताउनु भएको हाे ।

नयाँ भेरियन्ट सहितको काेराेना भाईरसकाे संक्रमणबाट अाफु बच्न र अरुलाई बचाउन उदेश्यले संचालन गरिकाे याेग अभ्यास कार्यक्रममा एविसि नेपालका सुपरभाइजर राजमन बरई , भाेलेन्टियर जानकि गाैड सगै सञ्जालका किशोर किशोरीहरुकाे ठुलाे याेगदान रहेको अध्यक्ष यादवले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित