कतारको विमानस्थलमा महिलालाई नग्न बनाएर अनुसन्धान गरिएकोप्रति अस्ट्रेलियाको सरकारले आपत्ति जनाएको छ। गत अक्टोबर २ तारिखका दिन कतारदेखि सिड्नीसम्मको उडानका क्रममा दोहास्थित हामद अन्तर्रष्ट्रिय विमानस्थलमा केही महिलाहरुलाई नग्न बनाएर अनुसन्धान गरिएको थियो। विमानस्थलमा बेवासिरसे अवस्थामा नवजात शिशु भेटिएपछि त्यहाँका यात्रु महिलाहरुको शरीर र स्वास्थ्य परीक्षण गरिएको थियो। शिशुको आमा पत्ता लगाउनुको लागि उक्त कार्य गरिएको कतारको विमानस्थलको भनाइ छ। हालसम्म पनि नवजात शिशुको आमा को हुन् भनेर पत्ता लाग्न नसकेको बताइएको छ। हाल ती शिशुको अवस्था भने सामान्य रहेको जनाइएको छ। यद्यपी अस्ट्रेलियाले यस घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको र महिलालाई नग्न बनाएर अनुसन्धान गरिनु ‘आपत्तिजनक र व्यापक अनुचित व्यवहार’ भएको बताएको छ। यस विषयमा बुझ्न अस्ट्रेलियाले अस्ट्रेलियास्थित कतारको दूतावासलाई जानकारी गराएको बताइएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।