पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका लेखापालकाे उपचारको क्रममा काेराेनाबाट भैरहवामा मृत्युु भएको छ। रामग्राम नगरपालिका वडा नम्बर २ का ४६ वर्षीय लेखापालकाे उपचारकाे क्रममा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (यूसीएमएस)मा मगंलबार दिउँसो एक बजे मृत्यु हो । कार्तिक ३ गते मेडिकल कलेजमा भर्ना भएका उनको ४ गते कोरोना परिक्षण रिपोर्ट पोजिटिभ आएपछि सघन उपचार कक्ष भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो । उनमा उक्त रक्तचाप र निमोनिया रहेको अस्पतालका सूचना अधिकारी देव कुमार केसीले जानकारी दिनुभयो । शवको व्यवस्थापनको तयारी भैरहेको केसीले बताउनुभयो । योसँगै पश्चिम नवलपरासीमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संङ्ख्या १२ पुगेको छ । यसअघि रामग्राममा मात्रै ५ जनाको मृत्यु भैसेकेको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।