उच्च स्वास्थ्य सतर्कतासहित दशैं, तिहार लगाएतका पर्वहरु मनाउँन माओवादी केन्द्रको आग्रहः शुभकामना वक्तव्य जारी (पूर्णपाठसहित) नेपालीहरुमा शुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना दिनेशकुमार श्रीवास्तव काठमाडौं । नेपालीहरुको महान पर्व दशैंको आज सबैंभन्दा महत्वपूर्ण दिन अथार्थ विजयादशमी हो । आज हरेक हिन्दू आस्थावान नागरिकहरुले असत्यमाथि सत्यको प्रतिकका रुपमा रातो टीका र दुर्गाको प्रसादका रुपमा जमरा लगाउने गर्दछन । महान पर्व दशैंका साथै तिहार, छठ, नेपाल संम्बत लगाएत समेत नेपालीहरुको घर आँगनमा आउँदै गरेको अवस्थामा नेकपा (माओवादी केन्द्र) ले विश्वव्यापी महामारीको रुपमा देखिएको कोरोनाभाइरसको संक्रमणको अवस्थालाई ख्याल गर्दै, उच्च स्वास्थ्य सतर्कता अपनाउँदै आपसी सद्भाव बढाउँदै चाडपर्वहरु मनाउन आम नागरिकमा आग्रह गरेको छ । माओवादी केन्द्रका महासचिव कर्णजीत बुढाथोकी ‘शुशिल’ ले हिजो एक शुभकामना वक्तव्य जारी गदैं पार्टीको केन्द्रीय समितिको तर्फबाट सम्पूर्ण नेपाली नागरिकमा शुभकामना दिएका हुन । त्यस्तै माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समितिको तर्फबाट समेत हिजो प्रदेश इन्चार्ज रंगनाथ ढकाल र संयोजक लोकेशले संयुक्त हस्ताक्षरमा शुभकामना वक्तव्य जारी गरेका छन । माओवादी केन्द्रले आफ्नो वक्तव्यमा नेपाल बहुधर्म बहुजाती, बहुसंस्कृति भएको स्वतन्त्र सार्वभौम देश भएको उल्लेख गर्दै परम्परागत रुपमा विभिन्न चाडपर्व संस्कृति आपसी सहिष्णुताका आधारमा मनाउनु विश्वकै लागि नेपाल नमूना बनेको बताएको छ । दशैं, तिहार, छठ र नेपाल सम्बतको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा शुभकामना दिदै माओवादी केन्द्रले कोभिड–१९ को महामारीको संकटपूर्ण घडीमा जनस्वास्थ्यको नियमलाई पालना गर्दै मितव्ययी, सौहार्दपूर्ण र सहयोगी वातावरणमा चाडपर्वहरु मनाउन हार्दिक अनुरोध गरेको छ । माओवादी केन्द्रले प्रत्येक नेपालीहरुमा शुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेको छ । नेपाली समाजमा एक समुदायले अर्को समुदायमा मनाइने पर्व, उत्सवहरुमा आपसी सद्भाव बाड्दै, सहिष्णुतापूर्ण रुपमा मनाउने संस्कार विकास गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यसले नेपाल ‘अनेकतामा एकता’ बोकेको, आपसी सद्भावले भरिएको मुलुकका रुपमा परिचित बनेको भन्दै माओवादी केन्द्रले अन्य देशमा जस्तो नेपालमा एक समुदायले अर्को समुदायको संस्कृति, संस्कारमाथि आक्रमण, हमला गर्ने अवस्था नरहेको र सद्भावपूर्ण सम्बन्ध जोडिएको बताएको छ । बाँकी विज्ञप्तीको पूर्णपाठ हेर्नुहोस् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय समिति प्रेस विज्ञप्ती मितिः २०७७ कार्तिक ९ गतें । नेपाल बहुधर्म बहुजाती, बहुसंस्कृति भएको स्वतन्त्र सार्वभौम देश हो । परम्परागत रुपमा विभिन्न चाडपर्व संस्कृति आपसी सहिष्णुताका आधारमा मनाउनु विश्वकै लागि नेपाल नमूना बनेको छ । दशैं, तिहार, छठ र नेपाल सम्बतको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा ने.क.पा. (माओवादी केन्द्र) शुभकामना प्रकट गर्दछ । कोभिड–१९ को महामारीको यस संकटपूर्ण घडीमा जनस्वास्थ्यको नियमलाई पालना गर्दै मितव्ययी सौहार्दपूर्ण र सहयोगी वातावरणमा चाडपर्वहरु मनाउन हार्दिक अनुरोधका साथै प्रत्येक नेपालीहरुमा शुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं । कर्णजीत बुढाथोकी ‘शुशिल’ महासचिव नेकपा (माओवादी केन्द्र) नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समिति प्रदेश कार्यालय, कैलाली दशैं–तिहार, छठ, नेपाल संम्बत पर्वः शुभकामना वक्तव्य मितिः २०७७ कार्तिक ९ गतें । विविध कला, संस्कृति, संस्कार र पर्व एवं उत्सवहरुले सजिएको देश हो नेपाल । नेपाली समाजमा परम्परादेखि नै एक समुदायमा मनाइने पर्व एवं उत्सवहरुमा अर्को समुदायको हार्दिक सद्भाव, आपसी सहिष्णुता रहदैं आएको छ । यसले नेपाल ‘अनेकतामा एकता’ बोकेको, आपसी सद्भावले भरिएको मुलुकका रुपमा रहेको छ । विश्वका कतिपय मुलुकहरुमा एक समुदायले अर्को समुदायको संस्कृति, संस्कारमाथि आक्रमण, हमला गर्ने गरेका छन । त्यसका कारण आतंकको अवस्था सिर्जना समेत भएको देखिन्छ । परम्परादेखि चल्दै आएको नेपाली कला, संस्कृतिप्रति आम नागरिकको बढ्दो सद्भाव र सहिष्णुताको भावना हामी सबैको लागि विशेष गर्वको विषय हो । यसै सन्दर्भमा नेपालीहरुको घर–आँगनमा पुगेको महानपर्व वडादशैंका साथै आउँदै गरेका तिहार, छठ र नेपाल संम्बत लगाएतका पर्वहरुको अवसरमा नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समिति सबैमा शुभकामना प्रदान गर्दछ । साथैं विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणका कारण आपसी जमघट बढाउँदै सबै आफन्तजन, इष्टमित्र एवं सुभेच्छुकहरु भेट्ने, शुभकामना र खुशीयाली साट्ने खालको अवस्था छैन । कोरोना संक्रमणको कारण सबैं नागरिकहरुलाई आ–आफ्नो घर परिवारमा उच्च स्वास्थ्य सतर्कता अपनाउँदै, आपसी सद्भावमा चाडपर्वहरु मनाउन समेत हामी विशेष आग्रह गर्दछौं । पुर्न सबै नागरिकमा सुस्वास्थ्य र प्रगतिको हार्दिक शुभकामना दिन चाहन्छौं । क. लोकराज जैसी ‘लोकेश’ क. रंगनाथ ढकाल पोलिटव्यूरो सदस्य तथा प्रदेश संयोजक केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।