Rashtriya Dainik

सामाजिक तथा भौतिक दुरी कायम गरेर दशैँ मनाउन सांसद कण्डेलको आग्रह

सामाजिक तथा भौतिक दुरी कायम गरेर दशैँ मनाउन सांसद कण्डेलको आग्रह

राष्ट्रिय दैनिक ,१० कार्तिक

नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य देबेन्द्र राज कण्डेलले बडादशैँको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश दिनुभएको छ । उहाँले शुभकामनामा सामाजिक तथा भाैतिक दुर कायम गरेर दशैँ मनाउन आग्रह गर्नुभएको छ ।

‘बडादशैँ २०७७ काे अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु’ – उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।

चाडपर्वकाे बेला भीडभाड हुनसक्ने भएकाले नेपाल सरकारले तोकेको सम्पूर्ण स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर मात्रै दशैँ मनाउन आग्रह गर्नुभएको छ ।

सांसद कण्डेलले आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुने भएको उल्लेख गर्दै विजयदशमी, २०७७ ले हामी सबैमा नयाँ उत्साह, उमंग, जोस र जाँगर थप्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले बडादशैँले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्नेमा विश्वास बिस्वास गर्नुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित