Rashtriya Dainik

त्रिकाल युवा क्लब ” विजयनगरद्वारा दशैंको उपलक्ष्यमा प्रसाद ग्रहण एंव शुभकामना आदान प्रदान ”

कपिलवस्तु, कार्तिक ९

श्री जय त्रिकाल युवा क्लब विजयनगर ले विजयादशमीको उपलक्ष्यमा प्रसाद वितरण र शुभकामना आदान प्रदान कार्यक्रम विजयनगर गांव पालिकाको बघमरवा चौराहामा कार्यक्रम सम्पन्न गरेको छ।धार्मिक महत्वको यो पर्व असत्य माथि सत्यको विजय दर्शाउने देश ,विदेश मा रहनु भएका नेपाली नागरिक हरु को उन्नति प्रगति को कामना सहित देशको समृधि होस भनि कामना गर्दै श्रद्धालु हरु उक्त कार्यक्रममा तत्कालीन समाजवादी पार्टी का लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठन,ज स पा जिला उपाध्यक्ष रामनिवास पूरी बाबा ,कांग्रेस पार्टीको क्षेत्रिय कोषाध्यक्ष रफीक मुसलमान, ज स पा विजयनगर अध्यक्ष सन्त राम तेली ,बृजेश कुमार गुप्ता ,खुर्शीद आलम खान , इंडो नेपाल सामाजिक मंचका सदस्य अनुज चौधरी तथा त्रिकाल युवा क्लबका अध्यक्ष कैलाश कुर्मी र उपाध्यक्ष कुमारी उषा कुर्मी , त्रिकाल युवा क्लबका सचिव ग्राम प्रकाश पूर्वी, रामकिशोर कोरी ,कोषाध्यक्ष कुशल यादव ,सदस्य सहदेव यादव ,संगीता कुर्मी, राजेंद्र कुर्मी ,उर्मिला कहार ,रमेश कहार, इंद्रजीत चौधरी ,शिव प्रकाश कहार, विश्वनाथ कुम्हार रामप्रसाद कुर्मीी लगायत सायौंको संख्यामा उपस्थित महिला ,दीदी बहिनी ,श्रद्धालु तथा कार्यक्रम को संचालन समाजसेवी बजरंगी गुप्ता ले गर्नु भयो ,सम्पूर्ण देशवासिहरु तथा विदेशमा बस्ने सम्पूर्ण नेपालीको स्वस्थ रहने कामना र नेपाल सरकारको स्वास्थ्य सम्बंधित गाइड लाईन अपनाई धार्मिक कार्यक्रम सफल गर्ने र यस कोरोना महामारी बाट आफु बचने र अरु लाई सचेत गरी रहने वक्ता हरु ले आफ्नो विचार राख्नु भयो । जस्को जानकारी तत्कालीन समाजवादी प्रदेश नं ५ प्रवक्ता अकरम पठानले दिनु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित