राष्ट्रिय दैनिक / नवलपरासी ,९ कार्तिक संविधानसभा सदस्य बिक्रम खनालले हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण चाड बड़ा दशैको सुभकामना व्यक्त गर्नुभएको छ। खनालले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदी बहिनीहरूमा महान चाड बड़ा दशै ,दिपावली , छठ पर्व तथा मुस्लिम धर्मावलम्बीको पर्व माेहम्मद जयन्तीको हार्दिक सुभकामना व्यक्त गर्नुभएको हाे । वहाँले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुमा बडा दशैकाे अवसरमा सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना ब्यक्त गर्दै समाजिक दुरी कायम गरी सतर्कता अपनाइ तडकभडक नगरी दशै मनाऔ अनुरोध गर्नुभएको हाे। यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको बताउदै कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हुनु पर्ने बताउनुभयो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।