Rashtriya Dainik

मनरा सिस्वामा न्यायिक जनचेतना अभियान सम्पन

महोत्तरी जिल्लाकाे मनरासिशवा नगरपालिकामा न्यायिक जनचेतना अभियान सम्पन भएको छ ।

“अपन समस्य के अपने से पहिचान , न्यायिक समितिद्वारा समधान “भने नाराकाे साथ मनरासिशवा नगरपालिकाको विभिन्न वडामा जनता ,जनप्रतिनिधि ,युवा र विधार्थिहरुको विशेष सहभागीता र महोत्तरी युवा संजालको आयोजना तथा मनरासिस्वा नगरपालिकाको आर्थिक सहयोगमा न्यायीक समितिको न्याय सम्बन्धि जनचेतना सम्पन्न भएको हाे।

महोत्तरी युवा संजालको उपाध्यक्ष सबित यादवको अध्यक्षता तथा मनरा सिस्वा नगरपालिकाकि उपप्रमुख र न्यायीक समितिकि संयोजक रमिता प्रधानको प्रमुख आतिथ्य तथा मनरा शिस्वा नगरपालिका वडा न ७ को वडा अध्यक्ष सोनेलाल साह , वडा न ६ को वडा अध्यक्ष रामबहादुर साहको विशेष अतिथियमा न्याय सम्बन्धि जनचेतना अभियान सम्पन्न भएको हाे।

सोही कार्यक्रमको निरन्तरता स्वरुप मनरासिस्वा नगरपालिका वडा न ३ सोनौलमा पनि सम्पन्न भएको छ उक्त जनचेतना कार्यक्रमले कार्यक्रमले स्थानीय श्रोत साधनको प्रयोग गरि सनातिना विवादहरुमा मेलमिलप गर्न परिपाटीको विकास हुने र स्थानीय स्तरमा विवादको किनार लगाउगाउन र समाधान गर्ने मद्दत मिल्ने छ उक्त जनचेतना कार्यक्रमले “अपन समस्य के अपने से पहिचान , न्यायिक समितिद्वारा सम्धान “गर्न सकिन प्रमुख अतिथि रमिता प्रधानले बताउनु भएको हाे ।

सोही कार्यक्रमको विशेष अतिथि मनरा शिस्वा नगरपालिका वडा न ३ को वडा अध्यक्ष महेन्द्र प्रसाद यादव थिए भने प्रशिक्षण महोत्तरी युवा संजाल र यस टुगेदर वि क्यानको अध्यक्ष तथा कानुन विधार्थी चुडामणिा यादवले गरेको थिए उहाले नेपालको सविधान,ऎन र कानुनले न्यायीक समितिलाई दिएको अधिकार र स्थानीय तहमै कसरी विवादलाई मिलाउने न्यायिक किनारालगाउने बारे सहभागीहरुलाई प्रशिक्षण गर्नु भएको थिए र सथानिय तहमा समस्या समाधानको लागि आवश्यक सिप,लेखापढि सम्बन्धि जानकारी समेत गराउनु भयो ।
उत्त कार्यक्रमको सभा अध्यक्षता महोत्तरी युवा संजालको सोनौल सह संयोजक आत्मा राम मण्डले गरेको थियो र उद्घोषण संजालको सचिव राजु कुमार महतो र श्री सरसवती बाल्य क्लबको अध्यक्ष हरि शंकर यादवले गरेको थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित