Rashtriya Dainik

सरावल गाउँपालिकाको समग्र खर्च प्रगति ८१.९१ प्रतिशत

राष्ट्रिय दैनिक / नवलपरासी ,२५ असार

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति विवरण सार्वजनिक गर्दै समग्र खर्च ८१.९१ प्रतिशत पुगेको जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम द्वारा जारी सूचनाअनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ तथा नियमावली, २०७७ बमोजिम चालु आर्थिक वर्ष सफलतापूर्वक सम्पन्न भएको उल्लेख गरिएको छ।

सार्वजनिक विवरणअनुसार चालु खर्च ८९.१८ प्रतिशत रहेको छ, जसका लागि रु. ३८ करोड ४५ लाख ५ हजार ५४९ विनियोजन गरिएको थियो। त्यस्तै पूँजीगत खर्च ७७.२२ प्रतिशत रहेको छ, जसका लागि रु. १६ करोड ९६ लाख ६ हजार १२५ विनियोजन गरिएको थियो।

गाउँपालिकाले आर्थिक वर्ष सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति, निर्माण व्यवसायी, संघ–संस्था तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले आगामी आर्थिक वर्षमा पनि विकास निर्माण, सेवा प्रवाह र सुशासनलाई थप प्रभावकारी बनाउँदै “स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारः समृद्ध सरावलको आधार” भन्ने मूल नारालाई सार्थक बनाउने प्रतिबद्धता जनाउनु भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित