राष्ट्रिय दैनिक / नवलपरासी ,२६ असार
लामो समयसम्म वर्षा नहुँदा सिँचाइको अभाव झेलिरहेका किसानलाई अन्ततः परेको वर्षाले ठूलो राहत दिएको छ। पानी परेसँगै धान रोपाइँले गति लिएको छ भने रोपिएको धान पनि हरियाली बन्दै गएको छ।

पश्चिम नवलपरासीसहित विभिन्न क्षेत्रमा किसानले वर्षाको स्वागत गर्दै अब उत्पादनमा सुधार हुने अपेक्षा गरेका छन्। यसअघि पम्पसेटको भरमा खेती गर्न बाध्य किसान वर्षा भएपछि खर्च घट्ने र खेती सहज हुने विश्वास व्यक्त गर्छन्।

कृषि क्षेत्रमा परेको यो वर्षा धानबालीका लागि सकारात्मक मानिएको छ। किसानहरूले अब नियमित वर्षा भइरहे राम्रो उत्पादन हुने आशा गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

