नन्दु यादव / चैत १४ नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउँपालिका वडा न. ४ पचफेडामा आगलागिबाट पिडित घरपरिवारलाई कुबेर बचत तथा ऋण सहकारी सस्था भुजहवाले आर्थिक सहयाेग गरेकाे छ ।प्रत्येक घरपरिवार लाई नगद १० हजारका दरले कुल ३० हजार सहयाेग गरिएकाे सस्थाका अध्यक्ष याेगेन्द्र बनियाले बताउनु भयाे। आगलागिबाट ३ वटा घर जलेर नस्ट भएकाे बताईएकाे छ ।आगलागिबाट पुर्ण रुपमा नस्ट भएपछि सस्थाले सहयाेग गरेकाे सस्थाकाे ब्यवस्थापक लक्ष्मुन काेईरीले बताउनु भयाे । सस्थाले बिभिन्न समयमा विभिन्न जनचेतनामूलक कार्यक्रम तथा सहयाेग कार्यक्रम गर्दै आएकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

