उत्तमकुमार थापा /१४ चैत बझाङ
नेपाल स्वयंसेवक सँघका सदुरपश्चिम अध्यक्ष नवीन थापा बझाङमा पुग्नु भएको छ ।
देशमा भएको पछिल्लो घटनाक्रम र अहिलेकाे बस्तु स्थिति बुझ्न र सँघठन विस्तार कार्यक्रममा सहभागी हुन अध्यक्ष थापा जिल्लामा अाउनु भएको हाे ।
नेपाल स्वयंसेवक सँघ जिल्ला अध्यक्ष पुष्कर खड्का सहित केही युवाहरुकाे टाेली जिल्लामा रहेकाे मष्टा गाउँपालीकामा पछिल्लो विकास र गाउँघरका समस्या बारे बुझ्न गाउँपालीकाकाे वडा नम्बर पाँच किनाडामा गएको जिल्ला अध्यक्ष पुष्कर खड्काले बताए ।
स्वयंसेवक सँघ सुदुरपश्चिम प्रदेश अध्यक्ष उपाध्यक्ष र जिल्ला अध्यक्ष लगाएतकाे टाेलि निष्पक्ष र मर्यादित रहि समाज रुपान्तरणमा लागेकाे साथै भ्रष्टाचार कहि कतै भएको थाहा पाए घाेर विराेध सँगै सचतहुन तुरुन्तै पहल गर्ने जनाएको छ । पछिल्लो समय देशमा भएको घटना परिघटनालाई नियाल्दै अप्ठ्यारो परेको स्थानमा सहयाेग गर्ने भ्रष्टाचार भएको ठाउँमा खवदारिकाे भुमिकामा रहने स्वयंसेवक सँघका सुदुरपश्चिम अध्यक्ष थापाले बताए । मष्टा पाच किनाडामा अायाेजित एक कार्यक्रममा भने ,त्यताकाे सिचाइ कुलाे र विद्यालयकाे विषयमा बहस भएको थियाे । सबै जनसमुदायलाई विकास निर्माणमा हातेमालो गर्न अाग्रह गरिएको हाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

